29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जिपि कोईराला गोल्ड कप : बारा फाइनलमा प्रबेश

वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा बारा जिल्ला फुटबल संघ प्रवेश गरेको छ ।

वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत धनुषालाई ४–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको हो । जि पी कोइराला फाउन्डेसन पर्साद्वारा जारी जी पी कोईराला प्रदेश स्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको आज दाश्रो सेमिफाइनमा बाराले जित हासिल गरेको हो ।

बीरगञ्जको आदर्शनगर स्थित रङगशालामा बारा र धनुषा बिच भएको खेलमा दुबै टिमले निर्धारित समयमा गोल हुन नसकेपछि अन्तमा टाईब्रेकरमा गेम पुगेको थियो । टाईब्रेकर सुटमा बाराले ४ गोल र धनुषाले १ गोल गरेका थिए । धनुषाले टाईब्रकरमा गोल गर्न नसकेपछि गेम बाराको हातमा पुगेको थियो ।

खेलको म्यान अफ द म्याच बाराका गोल किपर जयराम चौधरी घोषित भएका थिए । शनिबार बारा र सप्तरी बिच फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहित कप र मेडल पाउने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.092 sec. Memory consumption:81.54 mb