Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिपि कोईराला गोल्डकपको फाइनलमा सप्तरी प्रवेश

spot_img
spot_img

वीरगन्ज । वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।

वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको महोतरी र सप्तरीे पहिलो समिफाइनल खेलमा पहिलो हाफको ३३ औं मिनेटमा महोतरीका मन्जित आले सोसाईट गोल गरेका थिए ।

सोसाईट गोल लगतै महोतरीका सनम आले ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफसम्म एक–एकको बराबरी भएको खेलमा दोस्रो हाफमा सप्तरी एक गोल थप्दै फाइनल यात्रा सुरक्षित गरेको छ । सुसिल यादलले खेलको ६३ औँ मिनेटमा गोल गर्दै सप्तरीकोे जित सुनिश्चित गरेका थिए।

खेलमा म्यान अफ दी म्याच सप्तरीका सुसिल यादल भएका छन् । माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहित कप र मेडल पाउनेछ ।

जिपी कोइराला फाउण्डेशनले आयोजनामा भइरहेको प्रतियोगताको पहिलो सेमिफाइनलमा सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । दोस्रो सेमिफाइनल धनुषा र बारा भोली बिहीबार खेल्नेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...