Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिपि कोईराला गोल्ड कप : सिराहालाई ३-१ ले हराउँदै बारा विजयी

spot_img
spot_img

वीरगन्ज ।  प्रदेश २ स्तरीय प्रथम गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बारा जिल्ला फुटबल संघ विजयी भएको छ ।

वीरगन्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत सिराहालाई ३–१ गोलको अन्तरले हराएर बारा जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको खेलमा पहिलो हाफको ५ औं मिनेटमा बाराका चन्दन महतोले गोल गरेका थिए भने खेलको दोश्रो हाफको २६ औैं मिनेटमा बाराकै कृष्ण चौधरीले अर्को गोल थपेका थिए भने दोश्रो हाफको ३३ औं मिनेटमा सुरज गौरोले बाराका लागि तेश्रो गोल गरेका थिए ।

जवाफमा आक्रमक रणनीति बुनेको सिराहाले पहिलोे हाफको २७ औं मिनेटमा गोल फर्काउन सफल भएको थियो । सिराहाका लागि दिपेन्द्र कुमार चौधरीले गोल गर्दै गोल अन्तरलाई ३–१ मा झारेका थिए । तर दोस्रो हाफको २६ औं मिनेटमा बाराका राजु चौधरीले गोल गर्दै पुनः बारालाई बढ्त दिलाए । दाश्रो हाफको ३३ औं मिनेटमा सञ्जय चौधरीले बाराका लागि गोल गर्दा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर विपक्षी टोलीले बाँकी समय गोल गर्न नसक्दा खेल बाराको पक्षमा पुगेको थियो ।

खेलमा म्यान अफ दी म्याच बाराका कप्तान चन्दन चौधरीलाई सन्राईज बैकका म्यानेजर नितेश खडकीले ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा बुद्धवारको सेमिफाईनल खेलमा सप्तरी र महात्तरीबीच प्रतिष्पर्धा हुने आयोजकले जानकारी गराएका छन् । माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् ।

आठ वटा टिमलाई दुइ समूहमा विभाजन गरिएको छ । समूह ‘क’मा पर्सा, बारा, धनुषा र सिरहा छन् भने समूह ‘ख’मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी छन् । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल दिनेछ ।

माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् । आठ वटा टिमलाइ दुइ समूहमा विभाजन गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...