Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

भ्रष्टाचार लुकाउन कुशवाहाले खडा गरे किर्ते दर्ता रजिष्टर, सतर्कता केन्द्रकाे पनि संलग्नता

spot_img
spot_img

बृजलाल पासवान/

वीरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किशानकाे धान खरिद गर्नु भन्दा पनि व्यापरीहरुकाे धान खरिद गरेकाे रहस्य खुलेकाे छ ।

किशानलाई आत्मनिर्भर बनाउन किशानले उत्पादन गरेकाे बाली बजार मूल्य भन्दा महंगाे दरमा खरिद गर्ने संस्थाकाे रुपमा रहेकाे  खाद्य व्यवस्था तथा व्पार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगंजले कमिशनकाे भरमा किशानकाे सट्टा व्यापरीकाे धान खरिद गरेकाे प्रमाण फेला परेकाे हाे ।

कम्पनीले आर्थिक बर्ष २०७६/०७७ मा कुल २५ हजार क्विन्टल धान खरिद गर्नु पर्ने थियाे । जय मध्ये मंसुरी ३४ क्विन्टल ५० केजी र साेना मंसुरी १९ हजार ९ सय ९९ क्विन्टल २० केजी धान खरिद गरिएकाे कम्पनीका प्रमुख नरनाथ अधिकारीले वताए ।

प्राप्त सुचना अनुसार खरिद गरिएकाे धान कुनै पनि किशानबाट प्रत्यक्ष खरिद नगरिएकाे र खरिद गरिएकाे धानमा प्रति क्विन्टल रु ५ सयका दरले कमिशन लिएकाे कम्पनी कै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा वताए । खरिद गर्ने तथ्यांककाे रुपमा खडा गरिएकाे दर्ता रजिष्टरमा जे सुकै नाम उल्लेख गरिए पनि विभिन्न व्यारीबाट खरिद गरिएकाे उनले वताए ।

पाेखरियाका स्थित रहेकाे धम्रेन्द्र साहकाे गाेला, बसन्तपुरकाे जयगुरुदेव गाेला,  चिल्झपटीका धान व्यापारी मंजु यादव, पाेखरिया कै प्रेम साह लगायतका व्यापरीहरुबाट कम्पनीले धान खरिद गरेकाे कर्मचारी स्राेतले जनाएकाे छ ।

गत आर्थिक बर्ष २०७५/०७६ मा पनि कम्पनीले २५ हजार क्विन्टल खरिद गर्नु पर्नेमा लक्ष्य अनुसार नै धान खरिद गरेकाे देखाए पनि उक्त धान पर्सा र बाराकाे किशानबाट खरिद नगरी जुम्लाकाे किशानबाट खरिद गरेकाे तथ्याँकमा देखाइएकाे थियाे ।

जुन कल्पना भन्दा बाहिरकाे बिषय भए पछि त्यहीका कर्मचारीले उक्त धान खरिदमा कराेडाैकाे भ्रष्टाचार भएकाे भनि राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डाैमा उजरी दिएका थिए । उक्त उजरीकाे आधारमा शतर्कता केन्द्रले कम्पनीकाे शाखा कार्यालय वीरगंजबाट धान खरिद गरिएकाे कागजातहरु झिकाउदा जु्म्लाकाे किशानहरुकाे किर्ते तथ्यांक देखी व्यापक भ्रष्टचार भएकाे प्रमाणित समेत गरेकाे थियाे ।

स्थानिय कुनै पनि किशानकाे नाम उल्लेख गर्दा सहजै पहिचान गर्न सकिने भएकाे हुदा कम्पनीका सुचना अधिकारी मुनीलाल कुशवाहाले जुम्लाकाे किशानहरुकाे किर्ते नमावली तयार गरेका थिए । उक्त तथ्यांकबाट पनि भ्रष्टचार भएकाे सतर्कता केन्द्रले प्रमाणित गरिसकेकाे भए पनि अधिकारी कुशवाहाले आर्थिक चलखेल मार्फत हाल सम्म कारवाहीबाट जाेगिएका छन् ।

किर्ते गर्नमा कृतिमानी हासिल गरेका कुशवाहाले फेेरी थप किर्ते गरेकाे पुष्टी भएकाे छ । उक्त कार्यालयबाट आर्थिक बर्ष २०७५/०७६ मा खरिद गरिएकाे धानकाे तथ्यांक र किशानकाे नमावली माग गर्दा सतर्कता केन्द्रमा पेश गरिएकाे जुम्लाकाे नमावलीकाे सट्टा स्थानिय बारा र पर्साका किशानहरुकाे किर्ते दर्ता रजिष्टर तयार गरि दिएकाे हुनाले उनले भ्रष्टचार लुकाउन एक पछि अर्काे किर्ते कार्य गर्न तल्लिन देखिएका छन् ।

कम्पनीकाे विभिन्न कागजात र तथ्यांकहरुलाई आफ्नाे निजी पेवा ठान्ने सुचना अधिकारी कुशवाहाले पटक पटक आफ्ना अनकुल कागजातहरु खडा गरेर कारवाहीबाट उम्किन खाेजि रहेकाे बेला राष्ट्रिय सतर्कता केन्द्रले चासाे नदेखाउनुले कुशवाहाकाे भ्रष्टचारकाे चासनीमा सतर्कता केन्द्र पनि चुर्लुम्म डुबेकाे समेत प्रमाणित हुन्छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...