Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पर्सामा एक किशाेरीलाई बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ

spot_img
spot_img

पर्सा । पाेखरिया नगरपालिका निवासी एक १६ बर्षिय किशाेरीलाई बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ परेका छन् । पाेखरिया नगरपालिकाकाे वडा नं. ४ सतवरिया निवासी ४० बर्षिय बुवालाई इलाका प्रहरी कार्यालय पाेखरियाले पक्राउ गरेकाे हाे ।

शुक्रबार देखी आफ्नै घर भित्र छाेरीलाई बलात्कार गर्दै आएकाे आराेपमा राैनियार थरका एक जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

आफुलाई बुवाले घरमा बन्धक बनाएर बलात्कार गर्दै आएकाे किशोरीकाे आराेपकाे आधारमा अनुसन्धान गर्न बुवालाई पक्राउ गरिएकाे इप्रका पाेखरियाले जनाएकाे छ । बुवाकाे साथै घटना बारै साेधपुछ गर्न आमा र छाेरीलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएकाे इप्रका पाेखरियाका प्रहरी नायब निरिक्षक उपेन्द्र यादवले वताए ।

गाउँमा एक जनाकाे मृत्यु भए पछि घर बाहिर निष्कन पाएकी किशाेरी इलका प्रहरी कार्यालयमा पाेखरियमा पुगी बुवाले बलात्कार गरेकाे मौखिक जानकारी गराए पछि घटना बाहिर आएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...