Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

वर्डलिंक प्रयोगकर्तालाई सास्ती, कम्पनीलाई मस्ती

spot_img
spot_img

वीरगंज । वीरगंजमा वर्डलिंकको नेट एक महिना देखी डिस्टर्ब भएको छ । वीरगंज ८ पानीटंकी लगायतको क्षेत्रमा एक महिना देखी नेट राम्ररी नचलेको वर्डलिंग प्रयोगकर्ताहरुले वताएका छन् ।

लामो समय सम्म नेट राम्ररी नच्लेको कम्प्लेन वर्डलिंकको कार्यालयमा गर्दा पनि हाल सम्म सुधार नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । अरु भन्दा वर्डलिंग महंगो भए पनि नेटको स्पिड लगायतको सेवा राम्रो नरहेको सेवाग्राहीको गुनासो छ ।

वर्डलिंक प्रयोगकर्ताहरुको अनुसार एक महिना देखी नेट राम्ररी चलेको छैन् । नेटको नेटवर्क देखाए पनि राम्री चलिरहेको छैन् । वीरगंज पानीटंकीका अजय साहले भने “कुनै बेला चल्छ, कुनै बेला चल्दैन् त कुनै बेला चले पनि बिस्तारै चल्छ । यसको सिकायत बारम्बार वर्डलिंकको कार्यालहरु गर्दाको लामो समय पछि पनि सुधार हुन सकेको छैन् ।”

नेट डिस्टर्बका कारण वर्डलिंक प्रयोग गर्ने कार्यालयको कामकजमा समेत बाधा आइरहेको छ । वर्डलिंकको नेटको प्रयोग गर्ने केही मिडियाहरुको कामकाजमा समेत समस्या पुग्ने गरे ता पनि कम्पनीको लापरवाहीले गर्दा समस्या भोग्न बाध्य भएका छन् ।

केहीले वर्डलिंक अब प्रयोग नगर्ने सोच बनाए पनि कसैले ३ महिना, कसैले ६ महिना र कसैले एक बर्षको चार्च तिरिसकेका कारण प्रयोग गर्न बाध्य भएका छन् ।

वीरगंजमा सबभन्दा बढी वर्डलिंकको प्रयोगकर्ता भए पनि कम्पनीको लापरवाहीले गर्दा सेवाग्राहीलाई सास्ती भोग्नु परेको छ । तर यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् ।

यस बिषयमा कम्पनीको कम्प्लेन शाखामा फोन सम्पर्क गर्दा वीरगंजको पानीटंकी क्षेत्रमा यस्तो समस्या देखिएको र समाधानको प्रयास भइरहेको वताइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...