29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंज प्रिमियर लिग च्याम्पियन वीरगंज स्टार

वीरगंज । वीरगंज प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको उपाधी वीरगंज स्टारले जितेको छ । वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा जारी प्रतियोगिताको आज भएको फाइनल खेलमा सिंह ११ लायन्सलाई हराउदै वीरगंज स्टार विजयी भएको हो ।

पहिला बैटीङ्ग गरेको सिंह ११ लायन्सले निर्धारित पुरा २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा एक सय ४० रन बनाएको थियो । त्यस पछि जवाफी वैटिङ्गमा उत्रेको वीरगंज स्टारले १८.५ ओभर खेल्दै ६ विकेटको नोक्सानीमा एक सय ४१ रनको लक्ष्य पुरा गर्दै जित हासिल गरेको थियो ।

खेलको म्यान अफ द म्याच, म्यान अफ द सिरिज र सर्वाधिक छक्का हान्ने खेलाडी विजेता टिम वीरगंज स्टार कै खेलाडी विवेक कुमार यादव घोषित भए । उनले म्यान अफ द म्याचको पुरस्कार रु एक हजार ५ सय, म्यान अफ द सिरिजको पुरस्कार रु २० हजार र सर्वाधिक छक्का हान्ने वापतको पुरस्कार रु १० हजार पाए ।

यस्तै वेस्ट व्वलर वीरगंज सिसिको सैफुल अन्सारी र वेस्ट वैटस म्यान रौतहट राइनोजका गरौव खड्का घोषित भएका थिए । दुबै जनालाई रु १०/१० हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतियोगितको विजेत वीरगंज स्टारलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले पुरस्कार राशी रु २ लाख ५० हजार र उप विजेता सिंह ११ लायन्सलाई कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सांसद जन्नत अन्सारीले पुरस्कार राशी रु एक लाख ८० हजारले सहित टफीले पुरस्कृत गरे ।

आयोजक युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीको अध्यक्षतामा भएको समापन समारोहको संचालन वीपिएलका प्रवक्ताका राजुल हवारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.175 sec. Memory consumption:81.5 mb