Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

तीन दाजुभाईको यातना सीमाभन्दा बाहिर, सुनिल झन पीडामा

spot_img
spot_img

वीरगन्ज । तीन दाजुभाईबाट पीडित वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवाल झन पीडामा पर्दै गएका छन् । दाजभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालबाट पीडित सुनिल दाजुभाईको पीडा सहन नसक्ने अवस्थामा पुगेका छन् ।

जिल्ला अदालत पर्सामा अँश मुद्दा विचाराधीन रहेको अवस्थामा तिनै दाजुभाईबाट मानसिक तथा शारिरिक यातना खेप्दै आएको सुनिल अहिले दाजुभाईको आतँकबाट झन पीडित बनेका छन् । तिनैजना दाजुभाई मिली विगत १ वर्ष देखि शारिरिक तथा मानसिक यातना दिदै आएका छन् ।

तिनै दाजुभाई मिली सुनिललाई कुटपिट गर्नुका साथै घरमा ताला मारेर सुनीललाई परीवार सहित घर बाहिर बस्न बाध्य गर्नु, घरको बीचै भागमा पर्खाल खडा गर्नु, शौचालयमा ताला मारेर कुटपिट गर्नु, किचिनमा पस्न नदिने गरी भौतिक अवरोध गर्नु जस्ता यातना दिदै आएका छन् ।

तिनै दाजुभाईलाई समाज, प्रशासन को डर, शर्म केही पनि छईन। अब तिनै दाजुभाई मिलेर अर्को नया कांड बीरगंज_बिजूलि_कांड गरेका छन। तर यस पटकको यातना भने सीमा नाघि सकेको छ । माघ १५ गते बिहिवार बेलुका ५ बजे तिर नेपाल विद्युत प्राधिकरणको कर्मचारी लाई मिलाएर अहिले सुनील बसी रहेकॊ घर को बिजूली को लाइन काटन लगाएका छन ।

जानी जानी विगत ८ महिना देखि आदर्शनगर स्थित घरको बिजुलि को बिल नबुझाएको र तिनै दाजुभाई विगत १ महिना बढ़ी देखि त्यो घर छाडी शालिमार होम्समा फ्लेट किनेर बसिरहेका छन । आफनों कब्जा गरी राखेको व्यापारको कार्यालय पनी अन्यत्र सारेका छन। सुनील मात्र आफनों परिवार संग त्यस घरमा बसि रहेको अवस्था छ। जसले गर्दा सुनिलको घरमा विजुली तथा पानी नआएर अंध्यारो मा बस्न बाध्य भई पीडित बनेका छन् ।

सुनील का दाजुभाईहरुले सबै सम्पत्ति र तथा त्यसको सम्पूर्ण आयस्ता आफनों कब्जा मा राखेका छन। पैसाको आडमा तिनै दाजुभाईले सुनिललाई पटक पटक अलपत्र अवस्थामा पार्दै आएका छन। तिनै दाजुभाई अहिले प्रशासनसँगको पहुँचको कारण उम्किदै आएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...