Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीपिएलकाे फाइनलमा सिंह ११ प्रबेश

spot_img
spot_img

वीरगंज । वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियोगिताको आज भएको आठाैं दिनको पहिलो खेलमा सिंह ११ विजयी भएको छ । राैतहट राइनाेजलाई ७ विकेटले हराउँदै सिंह ११ विजयी भएको हो ।

राैतहट राइनाेज १९ ओभरमा सबै विकेटको गुमाएर १ सय ४ रन बनाएको थियो । जवाफी बैटीङ्गमा उत्रेकाे सिंह ११ ले १६.४ ओभरमा ३ विकेटकाे क्षतिमा एक ५ रनकाे लक्ष्य पुरा गर्दै विजयी घाेषित भएकाे थियाे ।

खेलको म्यान अफ द म्याच विजयी टिम सिंह ११ का कप्तान मैहबुब आलम ४ ओभरमा १७ रन खर्च गरेर ३ विकेट लिएर र १७ बलका ३४ रन बनाउदै भएका थिए ।

यस्तै आजै सम्पन्न दोश्रो खेलमा केआईईसी वीरगंज विजयी भएको छ । वीरगंज स्टारलाई ५ विकेटले हराउँदै केआईइसी विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेका वीरगंज स्टारले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा ९५ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रेका केआईइसी वीरगंजले १८.१ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाउदै विजयी भएका थिए ।

दाेस्राे खेलकाे म्यान अफ द म्याच विजयी टिम केआईइसिका आदिल अन्सारीले ४ ओभरमा १८ रन खर्चेर एक विकेट लिएर र ३६ बलमा ४० रन बनाएर घाेषित भएका थिए ।

भाेली आइतबार हुने सेमिफाइन खेल वीरगंज स्टार र केआईईसी वीरगंज विच हुने वीपिएलका  प्रवक्ता राजुल हवारीले बताए ।प्वाइन्टकाे आधारमा पहलाे स्थानमा रहेकाे टिम सिंह ११ सिधै फाइनलमा प्रबेश गरेकाे समेत प्रवक्ता हवारीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...