Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंज स्टार र डिसिसि वीरगंज विजयी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज प्रिमियर लिग (बिपिएल) टि २० क्रिकेट प्रतियोगिताको आज भएको सातौ दिनको पहिलो खेलमा वीरगन्ज स्टार विजयी भएको छ । ड्राइगन साहेब दरबाबरलाई ४४ रनले हराउँदै वीरगन्ज स्टार विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा वीरगन्ज स्टारले १ सय ५२ रन बनाएको थियो । १ सय ५३ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेका ड्राइगन साहेब दरबारले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सकेकाे थियाे ।

खेलको म्यान अफ द म्याच विजयी टिम वीरगन्ज स्टारका हरिशंकर साह २६ बलमा ३५ रन र ४ ओभरमा २ विकेट लिएर घोषित भएका थिए ।

यस्तै आजै सम्पन्न दोश्रो खेलमा डिसिसि वीरगन्ज विजयी भएको छ । केआईईसि वीरगन्जलाई ६ विकेटले हराउँदै डिसिसि विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेका केआईईसिले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रेका डिसिसिले १९.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३९ रन बनाई विजयी भएकाे हाे ।

४ ओभरमा १२ रन खर्च गरेर ४ विकेट लिएर दाेस्राे खेलकाे म्यान अफ द म्याच डिसिसिका कप्तान अभिनाष कर्ण भएको विपिएलका प्रवक्ता राजुल हवारीले बताए ।

शनिबारको पहिलो खेल सिंह ११ भर्सेज रौतहट राईनोज र दोश्रो खेल वीरगन्ज स्टार भर्सेज केआईईसि वीरगन्जबीच हुने प्रवक्ता हवारीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...