Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

सुन्दर सावित्री स्मृति संस्थाद्वारा पत्रकार चाैरसिया पुरस्कृत

spot_img
spot_img

वीरगंज । सुन्दर सावित्री स्मृति संस्था वीरगंजले आज एक समाराेहका विच भाेजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चाैरसियालाई पुरस्कृत तथा सम्मान गरेकाे छ ।

संस्थाद्वारा वीरगंज १५ भिस्वा डाडामा आयाेजित चाैथाे भगवान बुद्ध पुजा-अर्चना तथा सम्मान कार्यक्रममा चाैरसियलाई रु १५ हजार नगद पुरस्कार राशी सहित सम्मान पत्रले सम्मानित गरिएकाे हाे । स्थानिय भाेजपुरी भाषामा निरन्तर पत्रकारिता गर्दै आएकाेमा चाैरसियालाई पुरस्कृत तथा सम्मान गरिएकाे आयाेजक संस्थाले जनाएकाे छ ।

संस्थाकी अध्यक्ष रत्नेश्वरी गाेर्खाली श्रेष्ठकाे अध्यक्षतामा भएकाे समाराेहमा प्रमुख अतिथी जेष्ठ नागरिक पशुपति बिक्रम शाहले पत्रकार चाैरसियालाई पुरस्कृत तथा सम्मान गरेका थिए ।

स्व. सुन्दर बहादुर गाेर्खाली र स्व. सावित्री देवी गाेर्खालीकाे स्मृतिमा विगत चार बर्ष देखि संस्थाले एक जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार सम्मान गर्दै आएकाे छ ।

यस्तै साेही समाराेहमा साग खेल २०१९ का पदक विजेता लोक राज बज्रचार्य, विकास थापा, निश्चलमान श्रेष्ठ, नरेश यादव, सराेज यादव, सुमिर कुमार साह लगायतकालाई समेत सम्मान गरिएकाे थियाे ।

साे अवसरमा पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, बुद्ध समाजका अध्यक्ष विरहर्ष साक्य, संस्थाका उपाध्यक्ष रमेश कुमार गाेर्खाली लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन भगवान कार्कीले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिल्ला अधिवेशन विवाद: वीरगंजमा रास्वपा कार्यकर्ताबीच कुटाकुट, ३ जना घाइते

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच हानाहान भएको छ । घटनापछि अधिवेशनको निर्वाचन...

गौतम माविमा छात्रवृत्ति परीक्षा सम्पन्न, एक हजार १४५ विद्यार्थी सहभागी

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति परीक्षा शनिबार सम्पन्न भएको छ । विद्यालयका अनुसार एलकेजीदेखि कक्षा ८ सम्मका...

जिराभवानी गाउँपालिकाले ल्यायो महत्वाकांक्षी नीति तथा कार्यक्रम

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण, सुशासन तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीति तथा...