Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

गाई तस्करी र हत्याकाे विरुद्धमा हिन्दू परिषदद्वारा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । हिन्दू परिषद नेपालले आज गाई तस्करी र हत्या बारे बिरगंजमा प्रदर्शन गरेको छ । वीरगंजकाे घण्टाघर देखी सुरु भएको र्‍याली माइस्थान, महाबिरस्थान, अलखियामठ, घडिअर्वा पोखरी हुदै नगर परिक्रमा गरी पुनः घण्टाघरमा आई कोणसभा परिणत भएको थिए ।

सभालाई सम्बोधन गर्दै परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलले केहि माफिया र राजनीतिक दलको आड़मा देशमा गौ तस्करी भइरहेको बताउदै गाै तस्करी नरोकिए देश भरी नै आन्दोलन गर्ने बताए । बिरगंज क्षेत्रबाट भई रहेको गौ तस्करी बारे पर्साका सम्पूर्ण सुरक्षा निकायका प्रमुख एवं भारतीय दूतावास बिरगंजका जिम्मेवार ब्यक्तिलाई जानकारी गराएको बताउदै भारत बाट गौ ल्याई नेपालको सिमा हुदै पाकिस्तान, बांग्लादेश, भूटान गई रहेको र तस्करी हुदा समेत नेपाल सरकार उदासीन हुदा आश्चर्यजन भएको बताए ।

नेपालमा गौ तस्करी हुनु आफैमा लाज्मर्दो बिषय भएको बताउदै उनले यस बिषयले नेपालको नै बेइज्जत गराएको बताए ।नेपालमा गौ तस्करी र हत्या गर्ने ब्यक्ति वा समूहलाई कड़ा कारवाहीको माग पटेलले गरेका थिए ।

सभामा नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोतम दुबे, रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल, हिन्दू स्वेम सेवक संघका कृष्णा चौरसिया, हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह, केन्द्रिय सदस्य श्रीराम उपाध्याय, संतोष सरार्फ लगायतकाले सम्बोधन गर्दै दोसीलाई कड़ा कारवाही गर्नु पर्ने र नेपालबाट गौ तस्करी बन्द गर्नु पर्छ भने विषयमा जोड़ दिएका थिए ।

र्‍यालीमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु सुरेश साह कानू, भरत सरार्फ, उमेश साह कानू, किरण अग्रवाल, सचितानन्द दुबे, पर्सा जिल्ला सचिव अंशु कुमार, प्रबक्ता नीरा झा, बिरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित हिन्दूवादी अगुवाहरु डा. अनिल झा, बिष्णु पटेल, अरबिन्द साह, विशेश्वर पटेल, राजू साह तुरहा, राजेश्वर साह कानू, बिनोद साह कानू, अशेस्वर पटेल, कनैया सरार्फ सहित बिभिन धार्मिक संगठनका अगुवाहरुको सहभागिता रहेको थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...