Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंज पानीटंकी स्थित बसरुद्दिन अंसारीकाे घर अगाडी बम फेला

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल क्लेजका एमडी बसरुद्दीन अंसारीको घर अगाडी बम जस्ताे देखिने शंकास्पद बस्तु फेला परेको छ ।

बिरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकी स्थित रहेकाे एमडी अंसारीको घरकाे मुल गेटमा कालाे पलास्टिकमा राखिएकाे वम जस्ताे देखिने संकास्पद बस्तु फेला परेकाे हाे । शंकास्पद बस्तु फेला परेकाे ठाउँमा नेपाल प्रहरी र आर्मी पुगेकाे छ ।

शंकास्पद बस्तु फेला परेकाे ठाउँलाई आर्मीले आफ्नाे नियन्त्रणमा लिएर डिस्पाेज गर्ने कार्य गरी रहेकाे छ ।

एमडी बसरुद्दीन अंसारीको घर अगाडी विहान ७:३० बजे उनका परिवारजनहरुले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । एमडी अन्सारी नेकपाका नेता समेत हुन् ।

अन्सारीकाे घर अगाडीकाे सडकमा आर्मीले आवागमनमा समेत राेक लगाएकाे छ भने त्यस क्षेत्रका बासी त्रसित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...