Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ठोरीमा “छोरी शिक्षा बीमा वचत खाता” खाेल्ने शिविर सम्पन्न

spot_img
spot_img

जीराभवानी । पर्साको ठाेरी गाउँपालिकामा मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम सुरु भएकाे छ ।

प्रदेश २ काे मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरको आयोजना  र ठोरी गाउँपालिकाकाे सहजिकरण छाेरी शिक्षा विमा/मुद्दती खाता खाेल्ने शिविर सम्पन्न भएकाे छ । ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित ज्ञान ज्योती मा.बि. घ्याङ्डाडामा आयोजित शिबिरमा २०७५ माघ १ गतेदेखी जन्मेका ५२ जना छोरीहरुको प्रभु बैंकसङ्ग बीमा सम्झौता गरिएको छ ।

कार्यक्रममा वाेल्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले छोरीलाई सशक्तिकरण र संरक्षणका लागि ठोरी गाउँपालिकाले विशेष नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, वडा अध्यक्षहरु राम बहादुर पाख्रीन, किशोर तामाङ्ग, सुर्य लामा, बइ बहादुर तामाङ्ग, बेटी पढाउ, बेटी बचाउ अभियान पर्सा जिल्ला संयोजक अमोद यादव, प्रभु बैंकका प्रतिनिधि तारा महतो, स्वास्थ्य संयोजक रमेशराज थिङ्ग लगायत कर्मचारी, बुद्धिजीबिहरुको उपस्थिती रहेको थियो ।

शिबिर स्थलमै डा. बिकास कुमार साहको टोलीले विमा गराउन आउने शिशुहरुको स्वास्थ्य जांच समेत गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...