Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा “छोरी शिक्षा बीमा वचत खाता” खाेल्ने शिविर सम्पन्न

spot_img
spot_img

जीराभवानी । पर्साको ठाेरी गाउँपालिकामा मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम सुरु भएकाे छ ।

प्रदेश २ काे मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरको आयोजना  र ठोरी गाउँपालिकाकाे सहजिकरण छाेरी शिक्षा विमा/मुद्दती खाता खाेल्ने शिविर सम्पन्न भएकाे छ । ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित ज्ञान ज्योती मा.बि. घ्याङ्डाडामा आयोजित शिबिरमा २०७५ माघ १ गतेदेखी जन्मेका ५२ जना छोरीहरुको प्रभु बैंकसङ्ग बीमा सम्झौता गरिएको छ ।

कार्यक्रममा वाेल्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले छोरीलाई सशक्तिकरण र संरक्षणका लागि ठोरी गाउँपालिकाले विशेष नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, वडा अध्यक्षहरु राम बहादुर पाख्रीन, किशोर तामाङ्ग, सुर्य लामा, बइ बहादुर तामाङ्ग, बेटी पढाउ, बेटी बचाउ अभियान पर्सा जिल्ला संयोजक अमोद यादव, प्रभु बैंकका प्रतिनिधि तारा महतो, स्वास्थ्य संयोजक रमेशराज थिङ्ग लगायत कर्मचारी, बुद्धिजीबिहरुको उपस्थिती रहेको थियो ।

शिबिर स्थलमै डा. बिकास कुमार साहको टोलीले विमा गराउन आउने शिशुहरुको स्वास्थ्य जांच समेत गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी...