Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

नेकपा, राजपा गठबन्धन चिरकाल सम्म : नेता यादव

spot_img
spot_img

वीरगंज । प्रदेश नं. २ बाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई आज वीरगंजमा सम्मान गरिएकाे छ । नेकपा र राजपाले संयुक्त रुपमा वीरगंजमा बधाई तथा सम्मान कार्यक्रमकाे आयाेजना गरी नवनिर्वाचित सदस्यहरुलाई सम्मान गरेकाे हाे ।

नेकपा पर्साकाे पार्टी कार्यालय मनमाेहन नगर रामगढवामा भएकाे कार्यक्रममा नेकपा र राजपा गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेकपाकी तुलसा दहाल र राजपाका मृगेन्द्र सिंह यादवलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रममा वाेल्दै नेकपाकी नेतृ तथा राष्ट्रिय सभा सदस्य तुलसा दहालले पार्टीकाे चाहना पहिला देखी नै राजपालाई संघिय सरकारमा सहभागि गराउन र प्रदेश २ सरकारमा सहभागि हुन रहेकाे वताईन ।

उनले भनिन “पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पहिला देखी नै भन्दै आउनु भएकाे छ, तपाईहरु संघिय सरकारमा सहभागि हुनुस् र हामीलाई पनि प्रदेश सरकारमा सहभागि गराउनुस् ।”  त्यसैले राष्ट्रिय सभाकाे निर्वाचनमा नेकपा र राजपा गठबन्धनलाई जनताले अनुमाेदन गरिसकेका कारण अब सरकारमा सहभागि हुनु पर्ने वताइन ।

राजपाका नेता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले नेकपा र राजपा गठबन्धन चिरकाल सम्मकाे आवश्यकता रहेकाे वताए । राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाकाे गठबन्धन इमान्दर प्रमाणित भइसकेकाेले याे गठबन्धनकाे चिरकाल सम्मकाे आवश्यकता रहेकाे धारणा राखे ।

कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सह महासचिव नेजामुदिन समानी, प्रदेश सभा सदस्य रमेश कुर्मी, नेकपाकी केन्द्रिय सदस्य निर्माला देवकाेटा लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...