24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

एघारौं शनिबार पनि शंकराचारद्वारमा सरसफाई

वीरगंज । भोलन्टियर समुहद्वरा ६८ औ अन्तराष्ट्रिय भन्सार दिवसकाे अवसरमा एघारौ हप्ताको सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । नेपालको मुख्य प्रवेशद्वारको रुपमा चिनिने वीरगंजकाे शंकराचार्य गेटको वरि परि रहेको फोहरमैलालाइ सरसफाइ गर्ने उद्देश्यले शनिबार सरसफाइ गरिएकाे हाे ।

ग्रीन सिटि, छपकैया सामुदायिक प्रहरि सेवा र भन्सार कार्यालयकाे समेत समन्वय गरि भाेलन्टियर समुहले सरसफाइ गरेकाे भाेलन्टियरका संयाेजक राजन श्रीवास्तवले वताए । शंकराचार्य गेटको सरसफाईमा जुटेका भोलेन्टियर समुह वीरगंजले एघारौ सप्ताह पनी वीरगंज ग्रिन सिटी, सामुदायिक प्रहरी साझेदारी र भंन्सार कार्यालय वीरंगको सहकार्यमा शंकराचार्य गेट देखी वीरगंज भंन्सारको मुल गेटसम्म सरसफाई गरेकाे उनले जानकारी गराए ।

सरसफाई कार्यक्रममा सुरुवात देखि नै बिरगंज महानगरपालिकाले दमकल, पानी, सरसफाइ सामाग्री लगायत कर्मचारी समेत खटाउदै सरसफाइ कार्यमा हातेमालो गर्दै आएकाे छ ।

भोलेन्टियर समुहका वीरगंका किशन सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा अनिल हजरा, शेष हजरा, विनय गुप्ता, ग्रिनसिटी वीरगंजका प्रकाश खेतान, ग्यासुदिन ठकुराइ, सर्फुदिन मिया, नेहाल आलम, मुकेश खेतान, महिला समुहका प्रतिनिधि, समाजसेवा, सामाजिक अभियन्ता लगायत, ट्राफिक कार्यालय प्रहरी निरीक्षक कमल राज पंडित, वीर्ता प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु र विभिन्न सामुदायिक प्रहरी साझेदारीका पदाधिकाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.974 sec. Memory consumption:81.47 mb