Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीपिएलकाे उद्घाटन खेलमा डीसीसी बीरगंज विजयी

spot_img
spot_img

वीरगंज । वीरगंजमा शनिबारदेखि बीरगंज प्रिमियर लिग टी–२० क्रिकेट प्रतियाेगतिता शुरु भएको छ । बीरगंजस्थित नारायणी क्रिकेट मैदानमा सुरु भएकाे प्रतियाेगतिताकाे उद्घाटन खेलमा डीसीसी बीरगंज १४ रनले विजयी भएको छ ।

डीसीसी बीरगंज र बीरगंज स्टार्सबीच भएको उद्घाटन खेलमा टस जितेर बीरगंज स्टार्सले पहिले फिल्डिङ्ग रोजेपछि डीसीसी बीरगंजले पहिले व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ६ विकेट खर्चेर १ सय २५ रन बनाएको थियो । डीसीसीका लागि हरिकृष्ण झाले ५३ र समसाद अलि अन्सारीले ४७ रनको योगदान दिए ।

प्रतिउत्तरमा १ सय २६ रनको लक्ष्य सहित ब्याटिङ्ग गरेको बीरगंज स्टार्स १ सय ११ रनमै समेटिएपछि डीसीसीले जित हासिल गरेको हो । बीरगंज स्टार्सका लागि विवेक कुमार यादवले ३३, हरिशंकर साहले २५ र सैदुल्लाह अन्सारीले १५ रनको योगदान दिए । खेलको म्यान अफ द म्याच सैफुल्लाह अन्सारी घोषित भए ।

आगामी माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रदेश नं. २ का ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि दुई खेलहरु हुनेछन् । पहिलो खेल सिंह ११ र ड्रागन साहिब दरबारबीच हुनेछ भने दोस्रो खेल रौतहट राइनोज र डीसीसी बीरगंजबीच हुने वीपिएलका प्रवक्ता राजुल हवारीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...