24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीपिएलकाे उद्घाटन खेलमा डीसीसी बीरगंज विजयी

वीरगंज । वीरगंजमा शनिबारदेखि बीरगंज प्रिमियर लिग टी–२० क्रिकेट प्रतियाेगतिता शुरु भएको छ । बीरगंजस्थित नारायणी क्रिकेट मैदानमा सुरु भएकाे प्रतियाेगतिताकाे उद्घाटन खेलमा डीसीसी बीरगंज १४ रनले विजयी भएको छ ।

डीसीसी बीरगंज र बीरगंज स्टार्सबीच भएको उद्घाटन खेलमा टस जितेर बीरगंज स्टार्सले पहिले फिल्डिङ्ग रोजेपछि डीसीसी बीरगंजले पहिले व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ६ विकेट खर्चेर १ सय २५ रन बनाएको थियो । डीसीसीका लागि हरिकृष्ण झाले ५३ र समसाद अलि अन्सारीले ४७ रनको योगदान दिए ।

प्रतिउत्तरमा १ सय २६ रनको लक्ष्य सहित ब्याटिङ्ग गरेको बीरगंज स्टार्स १ सय ११ रनमै समेटिएपछि डीसीसीले जित हासिल गरेको हो । बीरगंज स्टार्सका लागि विवेक कुमार यादवले ३३, हरिशंकर साहले २५ र सैदुल्लाह अन्सारीले १५ रनको योगदान दिए । खेलको म्यान अफ द म्याच सैफुल्लाह अन्सारी घोषित भए ।

आगामी माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रदेश नं. २ का ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि दुई खेलहरु हुनेछन् । पहिलो खेल सिंह ११ र ड्रागन साहिब दरबारबीच हुनेछ भने दोस्रो खेल रौतहट राइनोज र डीसीसी बीरगंजबीच हुने वीपिएलका प्रवक्ता राजुल हवारीले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.447 sec. Memory consumption:81.54 mb