20 April 2025
KALIKATIMES.COM

हरिहरपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुर बिर्तामा निशुल्क आँखा शिविर सम्पन भएको छ । कालिकामाई गाउँपालिकाको सहयोग र केडिया आँखा अस्पताल परवानीपुरकाे आयाेजना तथा सुनौलो नेपालको सहजीकरणमा शिविर सम्पन भएकाे हाे ।

श्री ने.रा. प्रा.वि. हरिहरपुरमा भएकाे शिविरमा ३ सय २३ जनाले आँखा परिक्षण गरिएका छन् । जस मध्ये १ सय ३५ जनामा मोतियाबिन्दु फेला परेकाे छ । माेतिया विन्दु फेलामा परेकाेमा ९० जना पुरुष र ४५ जना महिलाहरु रहेकाे सुनाैलाे नेपालका अध्यक्ष अमाेद कुमार केंवटले वताए ।

शिविरमा १ सय ५४ जना पुरुष र १ सय ६८ जना महिलाहरु गरी ३ सय २३ जनालाई केडिया आँखा अस्पताल परवानीपुरका डा. शिवशंकर प्रसाद, डा. राजदेव साह, डा. गजेन्द्रदेव र सरस्वती मैनाली र बिन्दा बस्नेत लगायतकाले चेकजाच गरेको ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वाका प्रहरी सहायक निरिक्षक भरत यादवले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:215. Generation time:7.473 sec. Memory consumption:82.5 mb