Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीपिएल टि २० क्रिकेट प्रतियाेगिता सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियाेगिता आज देखी सुरु भएकाे छ ।  नारायणी क्रिकेट मैदान वीरगंजमा आयाेजित प्रयाेगिताकाे उद्घाटन एक समाराेहका विच प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गरेका छन् ।

प्रतियाेगिताकाे उद्घाटन गर्दै पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादवले खेलाडीहरुलाई प्राेत्साहन गर्न जरुरी रहेकाे वताए । राष्ट्रिय स्तरका खेलाडीहरुकाे जागिरकाे व्यवस्था समेत सकारले गर्नु पर्ने वताउदै सांसद यादवले त्यस खालकाे कानुन ल्याएर प्रदेश २ सरकारले सुरुवात गर्नु पर्ने वताए ।

खेलाडीहरुले राष्ट्रकाे नाम राेशन गर्ने भएकाले राष्ट्रकाे गहना भएकाे वताए । त्यसैले खेलाडीहरुकाे सम्पूर्ण जिम्मेेवारी सरकारले लिनु पर्ने उनकाे भनाई थियाे ।

युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा प्रदेश सांसद प्रहलाद गिरी, जन्नत अन्सारी, करिमा बेग्म, भिमा यादव, जिल्ला समन्व समिति पर्साका संयाेजक नेक महमद अन्सारी, क्रिकेट एशाेसिएसन अफ नेपालका सदस्य दाउद अन्सारी, माधव अचार्य, समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

युनाईटेड क्रिकेट क्लबकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन समाराेहमा वीरगंजका विभिन्न विद्यालयका छात्र/छात्राहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । साे मार्च पासमा जिएचपी प्रथम, साउथजुन द्वितिय र गाैतम स्कुल तृतिय घाेषित भएका थिए ।

कार्यक्रमकाे संचालन वीपिएलका प्रवक्ता राजुल हवारीले गरेका थिए भने स्वागत मन्तव्य आयोजक क्लबका सचिव एवं वीपिएलका निर्देशक घन्सयामबाबु गुप्ताले गरेका थिए ।

उद्घाटन समाराेहमा गायक अजमत अली र एसएस साेनुले देश भक्ति गित समेत प्रस्तुत गरेका थिए । यसका साथै साे अवसरमा विभिन्न विद्यालयका छात्र/छात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतियाेगितामा ६ वटा क्रिकेट टिम भाग लिएका छन् भने आजकाे खेल वीरगंज स्टार र विसिसी बिच भइरहेकाे छ । प्रतियाेगिताकाे विजेतालाई रु दुई लाख ५० हजार र उप विजेतालाई रु एक लाख ८० हजार पुरस्कार प्रदान समेत गरिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...