Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

चुनाव पछि त्रिबिको पढाईकाे साथै भैतिक बिकास र युवा पुस्ताको राजनीति पक्ष सबल हुने

spot_img
spot_img

त्रिभुवन विश्वविद्यालले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने मिति तोकेको छ । त्रिवी सभाको बैठकले स्ववियु चुनाव सम्बन्धि आवश्यक प्रक्रिया एक महिना भित्र टुंगो लगाएर फागुन १४ मा निर्वाचन गर्ने निर्णय गरेको हो । विगत एघार वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन् । यस अघि २०६५ सालमा मात्र स्ववियु चुनाव भएको थियो । लामो समयसम्म स्ववियु चुनाव नहुँदा विद्यार्थी राजनीति नै संकटमा परेको बहस सुरु भइराखेका बेला त्रिवीले चुनावको मिति तोकेको हो ।

स्ववियु निर्वाचनमा २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । त्रिभुवन विश्वविद्यालयका ६० वटा आंगिक र अन्य क्याम्पसमा चुनावको तयारी भइरहेको छ । नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी संगठनलगायत चुनाव प्रतिस्पर्धामा छन् ।

त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको र २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । तीमध्ये प्रदर्शनीमार्गको रत्नराज्य, पकनाजोलको पिपुल्स र टिकापुरको कैलाली बहुमुखी क्याम्पसमा चैतमा निर्वाचन भएको थियो । ‘अब ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेछ ।

२०७३ सालमा उपत्यकाका ९ र उपत्यकाबाहिरका १५ गरी २४ आंगिक क्याम्पसमा मतदान सम्पन्न गरेको छ । त्यसबेला त्रिविले पहिलो पटक २८ वर्ष उमेर हद कायम गरी निर्वाचन गरेको थियो । उमेर हदको विवाद भएपछि उपत्यकाका केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । यो वर्षको निर्वाचनमा २८ वर्ष उमेर हद बनाएर निर्वाचन गर्नेछ ।

त्रिविले तयार गरेको प्रारम्भिक कार्यतालिकाअनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने, २ गते दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, ४ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण गर्ने, ५ गते नामावली दाखिला गर्ने, ५ गते प्रत्यक्षतर्फको नामावली प्रकाशित गर्ने, ६ दाबी विरोधसहित अन्तिम समय दिने, ७ गते उम्मदवारी फिर्ता लिने र उम्मेदारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

सोसँगै १४ गते निर्वाचन गर्नेगरी प्रारम्भिक कार्यतालिकाको विषयमा छलफल गरी स्ववियुकाे निर्वाचन घोषणाले चुनाव पछि त्रिबिको पढाईकाे साथै भैतिक बिकास र युवा पुस्ताको राजनीति पक्ष सबल हुने नेबि संघका बिद्यार्थी युवा नेता सुजित साहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...