Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

सुचना प्रविधीको विकासमा आइटी मेलाले टेवा पुग्ने : पुर्व राष्ट्रपती यादव

spot_img
spot_img

वीरगंज । नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० आज उद्घाटन भएको छ ।

वीरगंज नगर सभा गृहमा आयाेजित आइटी मेलाकाे एक समारोहका विच नेपालका प्रथम राष्ट्रपती डा. रामवरण यादवको उद्घाटन गरेका छन् । मेलाको उद्घाटन डिजीटल प्रविधीबाट रोबोटका माध्यमले रिबन काटेर गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व राष्ट्रपति यादवले २१ औ शताब्दीमा सुचना प्रविधि नभइ नहुने विषय भएकाे बताए । नेपालले सुचना प्रविधिको क्षेत्रमा ठुलै फड्को मार्न नसकेपनि यस्ता खालका आईटि मेलाहरुले नेपालमा सुचना प्रविधिको विकासमा टेवा पुग्ने उनले बताए ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवर, क्यान महासंघ का निर्वतमान अध्यक्ष हेमन्त चौरसिया, क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक चौरसिया, क्यान महासंघका पुर्वमहासचिव पंकज जलान, वीरगञ्ज महानगरपालिका शिक्षा प्रशासन महाशाखा अध्यक्ष अरविन्द लाल कर्ण, भारतीय दुतावास वीरगञ्जका नितेश कुमार, प्रभुपेका विजय अधिकारी लगायत क्यान महासंघका केन्द्रिय सदस्य तथा प्रदेश २ का जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

आजबाट प्रारम्भ भएको आईटि मेला आगामी १३ गतेसम्म वीरगञ्जस्थित नगर सभागृहमा जारी रहनेछ । मेलामा सुचना प्रविधीसँग सम्बन्धीत ६० भन्दा बढी स्टलहरु राखिएको छ । रोबोट वार, साँस्कृतिक प्रस्तुती तथा आईटि सम्मेलन मेलाको मुख्य आकर्षणको रुपमा रहेकाे आयाेजक संस्था क्यान पर्साका सदस्य आसु कुमार सरार्फले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...