Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सामाजिक संजाले ९ बर्ष पहिला वेपता भएकाकाे पत्ता लाग्याे

spot_img
spot_img

पर्सा । सामाजिक संजालले ९ बर्ष पहिला वेपता भएका एक युवक घर फर्काए पछि परिवार सहित गाउँमा खुशीयाली छाएको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी निवासी मोतिलाल साह कलवारको २४ बर्षीय छोरा ९ बर्ष पछाडी आज फेला परेका छन् ।

९ बर्ष पछाडी भारतको कलकताको भवानीपुर गाउँमा फेला परेको सुन्दा घरपरिवारमा खुशीयालीको साथै सो गाउँवासीहरु पनि हर्षित भएका छन । समाजिक संजालको मार्फत पता लागेको जगदेव साह कलवार सुरक्षित तरिकाले भारतको कलकता भवानीपुर निवासी कपन प्रधानले ६ महिना अगाडी देखी रेखदेख गर्दै आएका थिए ।

भारतकाे कलकतामा फेला परेका जगदेव बिचमा र उनलाई लिन गएका उनकाे दाई सुरुमा । तस्बिर : कालिका टाइम्स

१५ बर्षको उमेरमा घरबाट फरार भएका कलवारको खोजतलास गर्दै थाकेका घरपरिवार अब नपाउने भन्दै संताेस गरिसकेका थिए । समाजिक संजालमा फोटो देखे पछि फरार रहेका भाई जगदेवको बारेमा अनुसंधान गरी सोही ठाउँमा पुगेको जेठो दाई राजकुमार साह कलवारले वताए ।

जगदेवकाे पता लागेकाे खबर सुन्दा हामी सम्मपुर्ण घरपरिवार सहित गाउ नैै हर्षित भएकाे स्थानिय ताजिन्द्र साह कलवारले वताए । मानसिक स्थिती अलि कमजाेर रहेका जगदेव ९ बर्ष पहिला वीरगंज रानीघाट स्थित आफ्नै घरबाट निस्केर फरार भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...