Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कम्युनिष्टहरुले प्रजातन्त्रलाई अपहरण गर्न खोजेको नेता रिजालकाे आरोप

spot_img
spot_img

पर्सा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले कम्युनिष्टहरुले प्रजातन्त्रलाई अपहरण गर्न खोजेको आरोप लगाएका छन् । पर्साकाे कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष शिवनाथ राउत कुर्मीको असमायिक निधनको १३ औ पुन्य तिथीमा आयाेजित श्रद्धान्जली सभालाई संबोद्धन गर्दै नेता रिजालले प्रजातन्त्रको अवस्था ठिक नरहेको र प्रजातन्त्र बर्तमान सरकारका कारण कष्टकर रहेको वताए ।

सोही सभालाई संबोद्धन गर्दै पुर्ब मंत्री तथा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले देश गलत मान्छेको हातमा परेकोले लोकतन्त्र खतरामा रहेकाे वताए । नेता चौधरीले सरकार भ्रष्टाचारमा लिप्त रहेका कारण लोकतन्त्र कमजोर बन्दै गएको बताए ।

पुर्ब जिविस सभापति तथा नेपाली कांग्रेसका युवा नेता जर्नाधन सिंह क्षेत्रीले पर्सा जिल्लाका नेपाली कांग्रेसले एउटा योद्धा नै गुमाएकोले अब सो योद्धाको सम्मपुर्ण जिम्मेवारी सम्मपुर्ण टिनडोयिबासी र मुडलीवासीलाई रहेको वताए ।

२०१५ सालमा टिनडोबियामा जन्मनु भएका वडाध्यक्ष कुर्मीकाे २०७६ पौस महिनाको २६ गते असमायिक निधन भएको थियो ।

नेपाली कांग्रेसकाे कालिकामाई गाउँपालिकाका संयोजक राजेन्द्र कुर्मीको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा महासमिती सदस्य बशिष्ठनारायण कुर्मी, महासमिती सदस्य रामजन्म चौधरी, जिल्ला सदस्य पन्चानन्द मिश्रा, नविन सिंह, क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति रमेश पाण्डे, क्षेत्रिय सचिव बलिस्टर अहम्मद लगायत नेपाली कांग्रेस तथा स्थानिय नेताकार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

नेपाली कांग्रेसकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीकाे आयाेजनामा टिनडाेबियामा भएकाे  कार्यक्रमकाे संचालन छठु साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...