Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

आलियाको स्पष्टिकरणः ‘घाइते भएकी होइन, पुरानो घाउ वल्झियो’

spot_img
spot_img

चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकनका क्रममा नायिका आलिया भट्ट घाइते भएको खबर फैलियो । यो खबर फैलिएपछि आलियाले स्पष्टिकरण दिएकी छिन् । आलियाले विज्ञप्ती नै जारी गर्दै चलचित्रको छायांकनका क्रममा आफू घाइते नभएको उल्लेख गरेकी छिन् । उनले, आफ्नो पुरानो घाउ वल्झिएकाले केही दिन छायांकन रोकेर आराम गरेको उल्लेख गरेकी छिन् ।

उनले आफूलाई शिर्घ स्वास्थ्य लाभको शुभकामना दिनेहरुलाई धन्यवाद समेत दिएकी छिन् । आलियाले सामाजिक संजालमा आफू निदाइरहेको तस्वीर पोष्ट गरेपछि उनी घाइते भएको खबर फैलिएको थियो ।

आलियाले विज्ञप्तीमा भनेकी छिन्–‘ती सबै समाचार, जसमा मैले छायांकन सेटमा आफूलाई घाइते बनाएकी छु भन्ने छ, ती सबै गलत छन् । यो एक पुरानो चोट हो, जुन फेरि बल्झियो । यसकारण, म केही दिन घरमै आराम गर्नुपर्ने भयो । यो दुर्घटना वा अरु केही पनि होइन ।’

आलिया अहिले संजलिला भन्सालीको निर्देशनमा बनिरहेको चलचित्र ‘गंगुवाई काठियावाडी’मा काम गरिरहेकी छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...