Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नायिका श्वेता खडकाद्वारा वीरगन्जमा सिरक वितरण

spot_img
spot_img

वीरगन्ज । श्वेताश्री फाउण्डेशनकी अध्यक्ष तथा नायीका श्वेता खड्काको पहलमा संकलित ३५ थान सिरक आज एक कार्यक्रमका बिच गरिब परिवारलाई बितरण गरिएको छ ।
शहरी गरीब शसक्तिकरण समाजको आयोजनामा बिरगन्ज महानगरपालिका वार्ड न १ स्थित शान्तीटोलका ३५ घर विपन्न गरिव परिवारलाई मेयर विजय सरावगी द्वारा सिरक बितरण गरिएको हो ।

सिन्धुपाल्चोकका माझी परिवारका निमित्त एकिक्रित बस्ती निर्माण गरिरहेकी नायीका खड्काले बिभिन्न ब्यक्तीबाट संकलन गरेको उक्त सिरक बिरगन्जका युवाहरुको साझा संजालको रुपमा गठित शहरी गरिव शसक्तिकरण समाजलाई प्रदान गरेकी थिईन ।

केही महिना अगाडी वीरगन्ज आएकी खड्काले सोही टोलमा सैक्षिक सामाग्री बितरण गर्दा त्यहाँका स्थानीयले चिसोको मौसममा ब्यति गरिरहेको कस्टकर जीवनलाई देखे पश्चात उनले सिरक संकलनको अभियान थालेको बताउँदै फाउण्डेशनका ब्यवस्थापक यज्ञराज कार्कीले यो ठुलो सामाग्री नभई सानो कोसेली मात्रा भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले शान्तीटोलमा देखिएको नाला र सडकको समस्यालाइ समाधान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । आयोजक शहरी गरिव समाजका अध्यक्ष जितेन्द्र गिरीले वीरगन्जका गरीब बस्तिहरुमा पुगेर उनिहरुको दु:ख सुखमा साथ दिन गठन भएको आफ्नो संस्था आगामी दिनमा झन शसक्त रुपमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै सो को लागि नगरपालिका को सहयोग हुनुपर्ने बताए ।

शान्तीटोलमा बितरीत ३५ थान सिरकहरु मध्ये सुश्मा श्रेष्ठले छ थान, बिष्णु खड्काले ४थान, पूर्ण मगरले ४ थान र श्वेता खड्काले ६ थान सहयोग स्वरुप प्रदान गरेको समाजका सदस्य अब्दुल कैसले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...