Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

कंगना भन्छिन्–‘दीपिकाले माफी माग्नुपर्छ’

spot_img
spot_img

नायिका कंगना रनावतले अर्की नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । विशेषगरि, चलचित्र ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले एसिड आक्रमणमा परेका महिलाहरुको संवेदनशिलतामा खेलेको भन्दै कंगनाले माफी माग्न भनेकी हुन् ।

दीपिकाले मेकअप आर्टिस्टलाई टिकटक भिडियो च्यालेञ्जमा आफ्ना ३ लुक्स फेरि बनाउन भनिरहेकी छिन् । जसमा, उनले ‘छपाक’को लुक्स समेत उल्लेख गरेकी छिन् । यो भिडियो सार्वजनिक भएपछि दीपिकाले दर्दनाक घटनामाथि रमाइलो गरेको भन्दै आलोचना भैरहेको छ ।

कंगना भन्छिन्–‘मेरी बहिनी रंगोली पनि एसिड आक्रमणमा परेकी थिइन् । यो भिडियो सार्वजनिक भएपछि उनी मर्माहत बनिन् । कहिलेकाही मार्केटिङ टिम प्रमोशनका लागि चुक्छन् । मलाई लाग्छ, दीपिकासँग यस्तो भिडियो बनाउनुको कारण पक्कै होला ।’

उनले अगाडि भनेकी छिन्–‘मेरी बहिनी जस्तै यो भिडियोबाट दुखी बनेका सबैसँग दीपिकाले माफी माग्न आवश्यक छ । यो कुनै मेकअप लुक्स होइन । यो लुक्स प्राप्त गर्ने कोशिश कसैले पनि गर्नु हुँदैन ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...