Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज २७ मा नेकपाकाे वडा भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे वीरगंज महानगरपालिकाकाे वडा नं. २७ काे वडा भेला आज सम्पन्न भएकाे छ । भेलाका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगर इन्चार्ज दिनेश राईले वडाकाे विकास निर्माणकाे सम्पूर्ण जिम्मेवारी वडा कमिटीकाे कांधमा रहेकाेले आ आफ्नाे ठाउँबाट याेगदान गर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथी नेकपा वीरगंज महानगरका अध्यक्ष रहबर अन्सारीले दुई पार्टी बिचकाे एकता भई बनेकाे नेकपाले नै मुलुक परिवर्तन गर्न सक्ने भएकाेले पार्टीमा सक्रिय रुपमा लाग्न आग्रह गरे । पार्टीकाे एकताकाे भावनालाई आत्म साथ गर्दै एकले अर्काकाे अस्तित्व स्विकार्दै कमिटी गतिशल बनाउन तर्फ लाग्नु पर्ने उनले वताए ।

कार्यक्रमका अतिथी नेकपाका वीरगंज महानगर सचिव डा. बिश्वम्बर शर्माले प्रदेश २ मा पनि हाम्राे पार्टीकाे सरकार बन्नसक्ने सम्भावना रहेकाेले पार्टीकाे कुनै पनि कार्यकर्तालाई विच्लीत नहुन आग्रह गरे ।

प्रेम प्रसाद यादवकाे अध्यक्षतामा भएकाे भेलामा पार्टीका जिल्ला सदस्यहरु प्रभु पासवान, नन्दकिशाेर पंजियार, अकलु यादव, अमिता बचन दास, मनाेज कुशवाहा, संताेश पासवना, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, अनेरास्ववियुकाे केन्द्रिय सदस्य जुबेर आलम लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...