Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

मुख्यमन्त्री माथी खनिए सांसद यादव, सहिद परिवारलाई ५० लाख दिन गरे माग

spot_img
spot_img

वीरगंज ।  प्रदेश २ सरकारले आइतबार वीरगंजमा बलिदानी दिवस मनाएकाे छ । वीरगंज नगर सभा गृहमा बलिदानी दिवसकाे अवसरमा भएकाे कार्यक्रममा वाेल्दै प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले प्रदेश सरकारले बलिदानी दिवस वीरगञ्जमा मनाउनु स्वागतयोग्य भए पनि समन्वय नगरी कार्यक्रम गरेकाे भन्दै असन्तुष्टि जनाए । उनले प्रदेश सरकारले सरकारी कार्यक्रम गरेको बताए ।

‘मधेस आन्दोलनको रणभूमि हो, अन्यत्र फेल हुँदा पनि वीरगञ्जले मात्रै इज्जत धानेको हो, नगरसभागृहमा ३ सय मानिसको बीचमा होइन, बलिदानी दिवस घण्टाघरमा २० औं हजार जनताको बीचमा हुनुपर्ने थियो’ उनले भने ‘समन्वय गरेको भए हजारौं मानिस लाठी भाटा लिएर मधेस आन्दोलनमा जस्तै गरी आउने थिए । समन्वय नहुँदा सरकारी कार्यक्रमजस्तै भएको छ ।’

मधेस आन्दोलनको १३ वर्ष पूरा हुँदा ११७ जना घाइते भए । सयौं घाइते र हजारौंले मुद्दा झेलिरहेको बताउँदै यादवले सम्पूर्ण घाइतेलाई परिचयपत्र दिएर जिविकोपार्जनका आधार-प्रदान गर्न आग्रह गरे ।

सहिद परिवारलाई आजीवन जीविकाको व्यवस्था मिलाउन माग गर्दै सांसद यादवले प्रश्न गरे, ‘सहिदलाई ५० लाख कहिले दिने ?’ हलबाट तालीको गडगडाहट आयो । सांसद यादव अझै अगाडि बढे, ‘सहिदलाई २५ हजार मिलेको छ, त्यो ठिकै छ । पहिला पनि दियो क्यारे । सहिद परिवारका सदस्यलाई जीविका चल्ने गरी मासिक रकम घोषणा गर्नुपर्छ, सरकारमा छौं आज नगरे कहिले गर्ने ?’

सांसद यादवले अझै थपे, ‘तत्कालीन समाजवादी फोरम र राजपा गठबन्धनका नेताले मधेस आन्दोलनमा सहिद हुनेलाई ५० लाख दिन्छु भने, अहिले २५ हजार मिलिरहेको छ । यसरी काम चल्छ ? ५० लाख कहिले दिने ? ५० लाख दिने घोषणा तत्काल गर्न मुख्यमन्त्रीसँग आग्रह गर्छु । त्यतिमात्र होइन, प्रदेश सरकारले हरेक सहिद परिवारलाई एउटा घर बनाएर दिनुपर्छ ।’

तिलावे पुलमा सहिदको दाहसंस्कार गरेको स्थानमा प्रदेश सरकारले पार्क र स्मारक बनाउने भनेर शिलान्यास गरे पनि नबनाएको यादवको थप गुनासो थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...