Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

नेपाली हुन नागरिकता होईन, अनुहार भए पुग्छ

spot_img
spot_img

आज भन्दा करिब ४ वर्ष अगाडी लोकसेवाको प्रहरी सेवामा आवेदन दिन्नको लागी म लगायत दुई जन्ना बुटवल जाने योजना बन्यो । योजना अनुसार बिहीवार साझ वीरगंजबाट्ट बस चढी रात्री यात्राको आगाज गर्यौ र लगभग बिहान्नको ३:३० बजे हामी बुटवलको मुख्य चौकमा ओर्लियौ त्यस बसको सहचालकका भनाई अनुसार हामी आवेदन दिने ठाउ नजिकै रहेको र आवेदन दिने समय १० बजे देखी हुनेभएकोले हामी एकै छिन भएपनी आराम गर्न पाउछौ भनेर होटल वा लजको खोजीमा निस्कियौ तर बिहानकाे समय रहेकाले अधिकांश होटल र लजहरू बन्द भएको पायौ ।

केही खुलेकाहरू कोठा दिन मानेन्न र ई सब गर्दा गर्दै बिहान्नको ६ बजिसकेको थियो । उज्यालो थियाे तर ठाउ नँया भएकोले हामी ठाउँ नजिकै भौतारी रहेका थियौ । बिहान भईस्केकोले अब कोठा नखोजी सडकपेटी बनाईएको कुर्सीमा बसिरहयौ, लगभग आठ बजे पछि सडकपेटीमा रहेको सार्वजनिक धारामा हातमुख धोई चिटिक्क परेपछी आवेदन दिने ठाउँ अगाडी बसिरह्यौ । तबसम्म आवेदन दिनेहरूको चाप बढदै गयो र समय पनी भयो । हामी शुरुमै आवेदन दिन्न सफल भयौ ।

तै पनी यो सब गर्दा गर्दै दिनको दुई बजिसकेको थियो र त्यसपछी हामी फेरी बसपार्क गयौ तर वीरगंजकोलागी त्यहाबाट्ट बेल्का छौ बजे बस थियो । हामी टिकट कटायौ र बसलाई पर्खिरहयौ । समयमा बस आयो र हाम्रो यात्रा वीरगंजकोलागी शुरु भयो तर हाम्रो लागी दुर्भाग्य के थियो भने कुनै पार्टीको अहवानमा भोली शनिवारदेखी नेपाल बन्द गर्ने अहवान गरिएरो थियो । तर त्यसको असर भने यातायातमा शुक्रवारदेखी नै शुरु भईसकेको थियो । जसकाे परिणामस्वरूप हामी यात्रा गरेको लगभग पाच कि.मी. मै कुनै गाउँको बस्ती थियो र त्यो गाउँका मान्छेहरू बाटो अवरुद्ध गरी बारीहरूमा लुकेर बसेका छन भन्ने कुरा चालकले हामी सबै यात्रीलाई जानकारी गराउदै हामीलाई फेरी बुटवल फर्किनुपर्ने बताउनुभयो । हामलाई बुटवल ल्याउदा सात बजी सकेको थियो ।

भोली नेपान बन्द हुने भएकोले त्यसको असर बजारमापनी सजिलै हेर्न सकिन्थियौ । ट्याक्सि, बस, केही नपाउने भईयो हामी कुनै बिक्लप होला कि भनेर त्यहीको स्थानियवासी संग जानकारी लिन शुरु गर्यौ र एक जन्नाले बुटवल नजिकै सुनौली नाका रहेको र त्याहा बाट्ट ट्रेन वा बस पुगी सजिलै रक्सौल पुग्न सकिने कुरा बताउनुभयो। ईसब बुझ्दैगर्दा हाम्रो घडीमा रातीको आठ बजिसकेको थियो । हामी फेरी बसपार्क आयौ र सुनौलीको लागी बस भनेर सोध्दै गर्दा आजको अन्तिम बस पाच मिनेट पहिलानै खुलेकोले नजिकै होला दौडेर समात्न सकिन्छ, अहिले यतै कतै चौकमा होला त्यो मान्छेको कुरा चलिरहेकै थियो । हामी दौडे, चौकमा जादा एक मिनेट पहिला हिडेकाे रहेछ, अगाडी हेर्नु भेटनुहुन्छ फेरी दौडियौ, अन्दाजी एक किलोमिटर दौडदा पनी बस भेटाएन ।

सायद त्यो दिन भाग्यमा पिडा लेखिएको थियो । बसेर गाडीको प्रतिक्षा गर्नुको सट्टा पैदल हिडदै गरौ भेट्यो भने बसौला नभए पैदल पुगौला रात आफ्नै हो भनेर म र साथी सल्लाह गरी अगाडी बढदैगयौ । केहीबेरको हिडाई पछी एक जनालाई बसाएर् ट्याक्सि आउदै थियो । हामी रोक्दा पहिला बसाउन्न मानेन । धेरै अनुरोध गर्दा दु:ख सुनाउदा मौकाको फाईदा उठाउन्न नेपालीबाट्ट सिखनुपर्छ भनेजस्तै मोलतोल शुरु भयो । सुनौली नाका सम्म पुर्याउन्न दुई जन्नाको एक हजार भन्यो । गर्दा गर्दै सात सय भन्दा घटी हुदैन्न भन्याे । त्यसपछि हामी बसयौ र एकैछिनमा त्याहा पुग्यौ । पुगेपछी त मईले सात सय इंडियन पैसा भनेको थे भनेर जोर जोरले बोल्न थाल्यो । हामी भनिरहयौ गुहारिरहयौ तर मानेन, हाम्रो लागी भने ठाउ न्या, कोई चिनेको थिएन्न । त्यसैले गाडी रोकेको ठाउँ अरुपनी ट्याक्सिवाला थिए तर कसैले केही भनिरहेको थिएन ।

जे होस हामलाई ठगेर भएपनी ठाउँसम्म पुर्याईदियो भनेर हामी त्यसले भनेजती पैसा दियौ । र नजिकै रहेको सटहि काउन्टरमा केही रुपैया साट्यौ । अब भने हामी इंडियामा थियौ र त्याहा बाट्ट बस समातेर गोरखपुर पुग्यौ त्याहाबाट्ट ट्रेन समातेर इंडिया हुदै रक्सौल पुगी वीरगंमा प्रवेश गर्यौ। सारमा हामी नेपालीलाई नेपालीलेनै लुटिखाने चलन छ । र याहा नेपाली हुन नागरिकता होईन त्याे अनुहार हुनुपर्छ । अनीमात्र आफ्नै देशको नागरिकझै व्यवहार गर्छन यहा ।

                                                                                                                                    लेखक  श्याम शर्राफ हुन्,
                                                                                                                   उनकाे व्यक्तिगत घटनामा घटेकाे यथार्त घटना हाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...