Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेला वीरगंजमा, ५० प्रतिशत छुटकाे व्वस्था

spot_img
spot_img

वीरगंज । वीरगंजमा एक महिना चल्ने प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेला आयोजना हुने भएको छ । अगामी माघ ६ गतेदेखि फागुन ५ गते सम्म चल्ने मेलामा नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराई १ लाख जोडी जुत्ताचपल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका सभाहलमा आयोजित पत्रकार सम्मेनलमा आयोजकले मेलाको बारेमा विस्तृत जानकारी गराएको हो । वीरगंज घण्टाघरस्थित मधेसी सहिद पार्कमा लाग्ने मेलामा ७ वटा विभिन्न कम्पनिको ४० भन्दा बढि स्टल राखिने छ ।मेलामा स्वदेशी ७ वटा कम्पनिको विभिन्न ब्रान्ड जुत्ताचपल सस्तो शुलभ दाममा बिक्री गर्ने तयारी रहेको मेला समितिका रामकृष्ण परसाइले जानकारी गराए । मेला अवधी भर हरेक जुत्ता चपलको जोडीमा १५ देखि ५० प्रतिशत सम्म छुट अफर रहेको उनले बताए ।

शिखर सुजका प्रबन्ध निर्देशक समेत रहेका परसाईँले मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल लाइफ गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीको लागि राखिने जानकारी दिए ।

स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न र भिजिट नेपाल शुरु भएको देशमा देशको विभिन्न कुनाकपचाको उपभोक्ताहरुलाई सस्तो दाममा फूटवेयर अर्थात जुत्ता चपल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न मेलाको उदेश्य रहेको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले जानकारी गराए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा नेपाल पत्रकाकर महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले प्रदेश नं २ मा पहिलो चोटी देशकै आर्थिक नगरी वीरगंजमा यस्तो मेलाले नेपाली ग्राहकसंगसंगै भारतीय उपभोक्ताको लागि पनि राम्रो अवसर भएको विचार व्यक्त गरे । उनले स्वदेशी उत्पादनहरुमा राम्रो र गुणस्तरीय जुत्ता चपलका उद्योगहरुले देशमा आम्तनिर्भर भई यस्तो किसिमको मेला आयोजना हुनु र सस्तो दाममा जुत्ता चपल खरिद गर्ने अवसर भएकोले यो सबै उपभोक्ताहरुको लागि खुशीको कुरा भएको बताए । उनले मेला अवधी भर पर्साका सञ्चारकर्मीहरुबाट आवश्यक पर्ने मिडिया सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

बिराटनगर, हेटौडा, बुटवल, पोखरा, काठमाडौपछि प्रदेश २ को वीरगंजमा प्रदेश स्तरीय जुत्ताचपल व्यापार मेला आयोजना हुन लागेको न्यौपानेले बताए । पत्रकार सम्मेलनमा पत्रकार अनिल तिवारीको सहजीकरण रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...