Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीकाे तस्बिरमा जुत्ता हान्ने ४ पक्राउ

spot_img
spot_img

जनकपुरधाम । गत आर्थिक बर्षको भुक्तानी नदिएपछि आन्दोलित उपभोक्ताहरुले मुख्यमन्त्री देखि मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुता चप्पल हान्न थालेपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

शुक्रवार जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरीरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपभोक्तहरुको भूक्तानी नगरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा आवरुद्ध गरेपछि अहिले अनिश्चितकालको लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८४२ योजना मध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

उपभोक्त समितिका पदाधिकारीहरुले यस यस भन्दा पहिले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...