Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

थारु समुदायमा माघीको रौनक : जिराभवानीमा बृहत कार्यक्रम

spot_img
spot_img

जिराभवानी । माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ ।

थारु समुदायमा मनाइने माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन खोला र नदीमा माछा मार्ने, मसान्तका दिन जिता मार्ने (सुँगुर बंगुर मार्ने) नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्री तिलौरी लाई लगायतका परीकार बनाएर नाचगान गर्दै मिलेर खाने गर्छन् । साथै माघे सङ्क्रान्तिको दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन पनि छ ।

थारु समुदायको बाहूल्यता रहेको मध्य तराइका बारा, पर्सा, रौतहट, चितवन लगायत प्रदेश नम्बर २ का जिल्लामा बसोबास गर्ने थारु समुदायले माघे संक्रान्तिका दिनलाई ठूलो चाडका रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन् ।

माघी पर्वका अवसरमा जिराभवानी गाउँपालिका वार्ड नंबर १ पकडीटोलमा बृहत कार्यक्रम आज सम्पन भएको छ । पकडिटोल युवा समाजका अगुवा सुमित दासको सभापतित्वमा र नेकपाका पुर्ब सांसद जय प्रकाश थारूको प्रमुख आथित्यतामा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा देबी थरूनी, वार्ड नंबर १ का सदस्य सोमनाथ सापकोटा, समाज सेबी रामतऔतार पटवारी, नरेस गुरो शुभनारायन पटेल, सुरेश खवास, धनेश खवास, कमलेश राय, स्थानीय पत्रकार, बुद्धजिवि, महिला, बालबालिक लगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तब्य समाजसेवी रामशरण खवासले गरेका थिए भने कार्यक्रम सञ्चालन रामप्रीत महतोले गरेका थिए ।

कार्यक्रममा थारू समुदायमा बिस्तारै हराउँदै गएको झमटा नृत्य पनी प्रस्तुत गरिएकाे थियो । कार्यक्रममा स्थानि गायक नेपाली नीरहुवा उर्फ जितेन्द्र राय र स्थानीय बालबालिकाहरुले पनी आ आफ्नो जातिय भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन अहिले पर्सामा हटेका स्थानीय थारू अगुवाहरूकाे भनाई थियाे ।

पर्साको कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यका साथ राज्यको पुर्नसंरचनासँगैै स्थानीय तह भएपछि यस क्षेत्रमै दोस्रो पटक सो कार्यक्रमको आयोजना गरिएकाे जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा देबिले बताइन ।

कार्यक्रममा भोजपुरी कलाकारसँंगै स्थानीय थारु कला संस्कृति र देउडा झमटा थारू संस्कृति खानपान वस्तुहरुको प्रदर्शनी पनी गरिएकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...