Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

थारु समुदायमा माघीको रौनक : जिराभवानीमा बृहत कार्यक्रम

spot_img
spot_img

जिराभवानी । माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ ।

थारु समुदायमा मनाइने माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन खोला र नदीमा माछा मार्ने, मसान्तका दिन जिता मार्ने (सुँगुर बंगुर मार्ने) नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्री तिलौरी लाई लगायतका परीकार बनाएर नाचगान गर्दै मिलेर खाने गर्छन् । साथै माघे सङ्क्रान्तिको दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन पनि छ ।

थारु समुदायको बाहूल्यता रहेको मध्य तराइका बारा, पर्सा, रौतहट, चितवन लगायत प्रदेश नम्बर २ का जिल्लामा बसोबास गर्ने थारु समुदायले माघे संक्रान्तिका दिनलाई ठूलो चाडका रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन् ।

माघी पर्वका अवसरमा जिराभवानी गाउँपालिका वार्ड नंबर १ पकडीटोलमा बृहत कार्यक्रम आज सम्पन भएको छ । पकडिटोल युवा समाजका अगुवा सुमित दासको सभापतित्वमा र नेकपाका पुर्ब सांसद जय प्रकाश थारूको प्रमुख आथित्यतामा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा देबी थरूनी, वार्ड नंबर १ का सदस्य सोमनाथ सापकोटा, समाज सेबी रामतऔतार पटवारी, नरेस गुरो शुभनारायन पटेल, सुरेश खवास, धनेश खवास, कमलेश राय, स्थानीय पत्रकार, बुद्धजिवि, महिला, बालबालिक लगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तब्य समाजसेवी रामशरण खवासले गरेका थिए भने कार्यक्रम सञ्चालन रामप्रीत महतोले गरेका थिए ।

कार्यक्रममा थारू समुदायमा बिस्तारै हराउँदै गएको झमटा नृत्य पनी प्रस्तुत गरिएकाे थियो । कार्यक्रममा स्थानि गायक नेपाली नीरहुवा उर्फ जितेन्द्र राय र स्थानीय बालबालिकाहरुले पनी आ आफ्नो जातिय भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन अहिले पर्सामा हटेका स्थानीय थारू अगुवाहरूकाे भनाई थियाे ।

पर्साको कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यका साथ राज्यको पुर्नसंरचनासँगैै स्थानीय तह भएपछि यस क्षेत्रमै दोस्रो पटक सो कार्यक्रमको आयोजना गरिएकाे जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा देबिले बताइन ।

कार्यक्रममा भोजपुरी कलाकारसँंगै स्थानीय थारु कला संस्कृति र देउडा झमटा थारू संस्कृति खानपान वस्तुहरुको प्रदर्शनी पनी गरिएकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...