Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

महुवनमा चाेरीकाे घटनामा वृद्धि,१५ दिन भित्र ७ चाेरीकाे घटना

spot_img
spot_img

पर्सा । पर्साको सखुवाप्रसौनि गाउँपालिका वडा नम्बर ५ महुवनमा चाेरीकाे घटनामा वृद्धि भएकाे छ । १५ दिन भित्र महुवनमा ७ वटा चाेरीकाे घटना भएकाे स्थानियहरुले वताएका छन् ।

आइतबार राती महुवन स्थित श्यामबाबु काेल्ड स्टाेरमा चाेरी भएकाे छ । अज्ञात चोरहरुहरुले रातीको समयमा पसलको छाना उठाई रक्सीको ५ वटा आईटम र नगद १२ हजार चाेरी गरी लगेका छन ।

अठासी अडतालिस २१ थान, ब्लैक चिमनी ६ थान, सिंगनेचर १४ थान, रुसलान १६ थान र गोल्ड दरबार ७ थान चोरले लगेको स्थानिय गणेश रामले बताए ।

यस्तै केही दिन पहिला महुअवन प्रहरी चौकी अगाडी रहेकाे एक पसलमा समेत चाेरी भएकाे थियाे । प्रहरी चाेकी अगाडी नै रहेकाे रंजित बर्णवालको पसलमा चाेरी भएकाे थियाे ।

यस्तै स्थानिय राजेन्द्र पटेलको घरमा, लखन प्रसाद कलवारको गोलामा, सुरेश महतो कोईरीको घरमा चोरी भएको स्थानियहरुले वताएका छन् । यसका साथै एकै रातमा ३ वटा पसलमा चाेरी भएकाे थियाे । स्थानियहरुका अनुसार दिनेश साह, गोपाल साह र राजेश साहको पसलमा चोरी भएको थियाे ।

प्रहरी चाेकी महुवनमा नयाँ प्रहरी सहायक निरिक्षक(असई) आए देखी नै चाेरीकाे घटनामा वृद्धि भएकाे स्थािनियहरुले वताएका छन् । प्रहरी चौकी महुवनकाे गस्ती फितलो भए पछि र केही समय पहिला मात्र सम्पन्न स्थानिय उप निर्वाचनकाे रिसवीले चाेरीकाे घटनामा वृद्धि भएकाे स्थानियहरुकाे भनाई छ ।

केही समय यता बढेकाे चाेरीकाे घटनाकाे सम्बन्धमा स्थानिय प्रहरी गम्भीर भएन भने प्रहरी बिरुद्ध आन्दोलनमा उत्रिने महुअवन बजारका ब्यापारीले जनाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...