Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेता रिजालद्वारा पार्टीकाे झन्डा ओढाएर वडाध्यक्ष कुर्मीकाे अन्तिम विदाई

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका वडाध्यक्ष शिवनाथ राउत कुर्मीकाे आज अन्त्येष्टि गरिएकाे छ । गाउँ कै आर्यघाटमा वडाध्यक्ष कुर्मीकाे हिन्दु धर्म अनुसार अन्तिम विदाई तथा अन्त्येष्टि गरिएकाे हाे ।

यस अघि नेपाली कांग्रेका केन्द्रिय सदस्य रमेश रिजालले उनकाे पार्थिक सरिरमा पार्टीकाे झन्डा ओढाई अन्तिम विदाई तथा श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धान्जली अर्पण गर्दै नेता रिजालले कुर्मीकाे निधनले कालिकामाई गाउँपालिकाकाे पार्टीमा क्षति पुगेकाे वताए । उनले पार्टीले एउटा असल स्थानिय नेता गुमाएकाे प्रतिक्रिया समेत दिए ।

वडाध्यक्ष कुर्मीकाे अन्त्येष्टिमा नेता रिजाल, बशिष्टनारायण कुर्मी, नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिष्टर अमहमद, गाउँपालिका संयाेजक राजिन्द्र कुर्मी, छठु साह लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे ।

कुर्मी वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्बाचित भएका थिए । टिन्डाेविया निवासी ६२ बर्षिय कुर्मीकाे शनिबार दिउसाे १ बजे उनकै निवासमा असमायिक निधन भएकाे थियाे । कुर्मीकाे ७ वटा छाेरी मात्र छन् । जस मध्ये ६ जनाकाे विहे भइसकेकाे छ भने एक जनाकाे वाकी छ ।

चुनाव लड्नु अघि उनी खानेपानी कार्यालय आदर्शनगरमा कार्यरत थिए । सारकारी जागिरमा कार्यरत कुर्मी राजिनामा दिएर चुनाव लडेका थिए । वडाध्यक्षमा निर्वाचित भएकाे ढेड बर्ष पछि नै उनी बिरामी परेका थिए ।

यता गाउँपालिकाले वडाध्यक्ष कुर्मीकाे निधनकाे शाेकमा आज विदा दिएकाे छ । प्रमुख प्रशासकिय अधिकृत राजु साहले एक सुचाना जारी गर्दै वडाध्यक्ष कुर्मीकाे निधनकाे शाेकमा अध्यक्ष स्तरिय निर्णय अनुसार विदा दिइएकाे जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...