Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

छपकैयामा निःशुल्क तेक्वान्दो प्रशिक्षण सुरु

spot_img
spot_img

वीरगंज । न्यु गोल्डेन अपरचुनिटीज छपकैयाद्धारा सञ्चालित निःशुल्क तेक्वान्दो प्रशिक्षण कार्यक्रमको आज एक समारोहका बिच छपकैया पोखरी परिसरमा शुभारम्भ गरिएको छ ।

छपकैया तेक्वान्दो डोजाङ्ग समेतको सहयोगमा आयोजित तेक्वान्दो प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु हुदै नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडकाले खेलाडिहरु समाज र राष्ट्रका निधि भएकोले खेलकुदको विकास र सम्बद्र्धनको लागि स्थानिय सरकार एवं सामाजिक संघ संस्थाहरुले समेत सहयोग पु¥याउनु पर्नेमा जोड दिए ।

तेक्वान्दो खेलले मानिसलाई स्वस्थ्य र तन्दुरुस्त बनाउने भएकोले आधुनिक खेलको रुपमा चिनिने यस खेलको विकास र सम्बद्र्धनको लागि क्लबले वडा सरकार र नगर सरकार सँग समेत बजेट एवं खेलकुदको व्यवस्थापनको लागि दबाव दिनु पर्नेमा जोड दिदै उहाँले खेलाडिहरुलाई शुभकामना समेत दिएका थिए ।

न्यु गोल्डेन अपरचुनिटीज छपकैयाका अध्यक्ष शेख मुनाको सभापतित्वमा भएका कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक प्रेम बहादुर खत्री, समाजसेवी जफार अंसारी, वडा नं. २ का कार्यवाहक अध्यक्ष खलिल अंसारी, महिला नेतृ मालती कुशवाहा, मुस्तुफा अंसारी, वडा नं. ५ का सदस्य सुरज पटेल, छपकैया दोजाङ्ग अध्यक्ष मंसुर महम्मद मिया, विश्व हिन्दू परिषद् पर्साका अध्यक्ष रणधिर कुशवाहा, ईमामुदिन अहमद लगायतका वक्ताहरुले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा खेलाडिहरुलाई प्रमुख अतिथि युवराज खडकाले परिचयपत्र प्रदान गरेका थिए । आयोजक संस्थाले वीरगंज महानगरपालिका वडा नं. १,२,३ र ४ का करिब १ सय जना युवा तथा बालिबालिकाहरुलाई निःशुल्क तेक्वान्दो प्रशिक्षण दिईने प्रशिक्षक मंसुर महम्मद मियाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...