Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरिया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा रायमाझी

spot_img
spot_img

पर्सा । पाेखरिया नगरपालिलकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सहदेव रायमाझी आएका छन् । धनकुटाकाे महालक्ष्मी नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यकरत रायमाझीलाई मन्त्रालयले सरुवा गरे पछि पर्साकाे पाेखरिया नगरपालिकामा आएका हुन् ।

प्रशासकिय अधिकृत रायमाझी पाेखरिया नगरपालिकामा हाजिर हुन आए पछि शुक्रबार एक कार्यक्रमकाे बिच नगरपालिकाले उनलाई स्वागत गरेकाे छ । नगर प्रमुख दिपनारायण राैनियार, उप प्रमुख सलमा खातुन लगायतका नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले उनलाई फुलमालाले स्वागत गरेका थिए ।

२ महिना देखी प्रमुख प्रशासकिय अधकृत विहिन रहेका नगरपालिकाले आज देखी अनुभवी प्रशासकिय अधिकृत पाएकोले नगरपालिकाको अपेक्षित काम पुरा हुने नगर प्रमुख राैनियारले वताए  ।

अहिले सम्म निमित प्रशासकिय अधिकृतको भरमा चलेको नगरपालिकामा बिभिन्न किसिमकाे अपेक्षा गरिएका र जनता समक्ष प्रतिबद्धता गरिएका काम पुरा गर्न नसकिएकोले अब पुरा गर्न बाटाे खुलेकाे उपप्रमुख खातुनले बताइन ।

लामाे समय देखी अधिकृत बिहिन रहेको नगरपालिकाकाे प्रशासकिय अधिकृतमा रायमाझी आए पछि जनप्रतिनिधी र कर्मचारीहरु खुशी भएका छन ।

नगरको सभाहालमा भएको स्वागत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रायमाझीले राम्राे काम गर्न सबैको सहयोग आवश्यक रहेकाे वताए । उनले यसका साथै ब्यक्तिगत लालच त्याग्नु पर्ने, ईमान्दारिता हुनु पर्ने र समाजिक भावना भए मात्र नगरका सम्मपुर्ण जनप्रतिनिधीहरुको लक्ष्य पुरा हुने बताए ।

नगर प्रमुख राौनियारको अध्यक्षतामा भएकाे स्वागत कार्यक्रममा सम्मपुर्ण वडाका वडाअध्यक्षहरु र नगरपालिका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

आजै देखी रायमाझीले नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे कार्यभारत समेत संभालेकाे नगरपालिका आइटी अफिसर अरबिन्द दुवेले वताए ।

रायमाझीकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पुस ११ गते नै पाेखरिया नगरपालिकामा सरुवा गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...