Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

इप्रका पाेखरियाद्वारा छिपहरमाईमा ४ वटा रक्सी भटठी नष्ट

spot_img
spot_img

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकामा आज बिहान प्रहरीले ४ वटा रक्सी भटठी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय पाेखरियाले वडा नम्बर १ मिर्जापुरमा २ वटा र वडा नम्बर २ झलमैयामा २ वटा गरी ४ वटा रक्सी भटठी गरी नष्ट गरेकाे हाे ।

भटठी नष्ट गर्नुकाे साथै कच्चा पदार्थ १५ सय लिटर र ५० लीटर तयारी मदिरा पनि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए । बिशेष सुचनाकाे आधारमा लुकाई छुपाई अबैध रुपमा संचालन गरेको रक्सी भटठी नष्ट गरिएको सिंहले जानकारी गराए ।

केही समय यता देखी इलाका प्रहरी कार्यालय पाेखरियाले रक्सि भटठी नियन्त्रण कार्य अभियान कै रुपमा संचालन गर्दै आएकाे छ । तर भारतकाे बिहारमा रक्सी माथी प्रतिबन्ध भएका कारण र सिमा क्षेत्र भएका कारण पूर्ण रुपले नियन्त्रणमा आउन सकेकाे छैन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...