Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

गादीमाई साझेदारी वन ब्यवस्थापन समितीको बैठक सम्पन्न

spot_img
spot_img

पर्सा । पर्साको प्रस्तावित गादीमाई साझेदारी वन ब्यवस्थापन समितीको बिहिबार बसेकाे बैठकले ३ वटा महत्वपुर्ण निर्णय गर्दै सम्पन भएको छ ।

जिल्ला डिभिजन बन कार्यालय पर्सामा बसेको बैठकले समितीको कार्ययोजना बनाउन डिभिजन कार्यालय पर्साबाट बजेट मांग गर्ने र सहयोग गर्न निर्णय गरेकाे छ । साथै गादीमाई साझेदारी बन अन्तर्गत बिभिन्न खोलाबाट भइरहेकाे अब्यवस्थित रुपमा उत्खन्न र आईईको अलावा पनि ट्रेक्टरमा ढुवानी गरिरहेकोले नियम बिपरित नजान आग्रह गरेको छ ।

बैठकले अनियमित तरिकाबाट ढुवानी गर्दा रुख, बिरुवालाई नोक्सानीका साथै वातावरणमा पनि असर गर्ने भएकोले पर्साका सयौ कृष्कहरु प्रभावित हुने भएकोले अब्यवस्थित तरिकाले उत्खनन नगर्न आग्रह गरेको हो ।

गादी अन्तर्गत रहेका सुगीभारमा लगभग १२ बिगहामा पोखरी खन्नका लागी मांग समेत गरेको छ । साथै ढलेका र अब नोक्सान हुन लागेका दाउरालाई चिसोको मौसममा यसै समिती मार्फत सर्वसाधारणलाई बाडन अनुमति सहित निर्णय गरेको समिती सदस्य बसन्ती देवी थारुईनले बताइन ।

कृष्णमोहन यादवको अध्यक्षतामा बसेको बैठकमा सहरुम गदी, पुरन यादव, छठु साह, फरिन्द्र पटेल, पपु पटेल लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...