20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

एन आई सी बै‌ंककाे न्यु सुपर चमत्कारी याेजना

वीरगंज ।  “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ एन आई सी एशिया बैंकले न्यु सुपर चमत्कारी योजना ल्याएको छ ।

एन आई सी एशिया बैंकको वीरगंज शाखाले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै न्यु सुपर चमत्कारी योजना सार्बजनिक गरेकाे हो । पत्रकार सम्मेलनमा बैंकका प्रदेशिक उपप्रमुख मन्नु प्रसाद शर्माले उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा  निशुल्क हुने लगायतका ३० चमत्कारिक फाइदाहरु सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याइएकाे वताए ।

ईस्वी सम्बत २०२० को उपलक्ष्यमा ग्राहक माझ ल्याइएको यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन उनले जानकारी गराए । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सकिने उनकाे भनाई थियाे ।

औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई बहिरंग ओपीडी उपचारमा २० हजार सम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने र बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक आफैले एभरेष्ट विमा कम्पनीलाई तिर्ने बैंकी सुपरभाइजर इन्द्रा अग्रवाले वताइन । साथै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा बिषेश छुट बैकको योजनाले समेटेको अग्रवालले जानकारी गराइन ।

वीरगंज विर्ता स्थित हाेटल अन्नपूर्णमा भएकाे पत्रकार सम्मेलनमा बैंककाे वीरगंज आदर्शनगर शाखाकी प्रबन्धक पुजा खेतान, लिंक राेड शाखाका प्रबन्धक हासिम मंसुरी, पावरहाउस शाखाका प्रबन्धक नितेश राज सत्याल, सम्बन्ध प्रबन्धक प्रफुल सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

कालिका टाईम्स
SQL requests:217. Generation time:3.195 sec. Memory consumption:81.57 mb