पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ हास्वामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । हास्वा स्थित निमियामाई मठको प्रांगनमा नि:शुल्क आँखा शिविर, मधुमेह परिक्षण, स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रम सम्पन भएको हाे ।
केडिया आँखा अस्पताल परवानीपुर र मंगलम डाईगनोसिस सेन्टर बिरगंज पर्सा तथा बिन्दवासिनी गाउँपालिका स्वास्थ्य शाखाकाे प्राबिधीक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।
स्थानिय भोला साह कलवारले आयाेजना गरेकाे शिविरकाे उदघाटन बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले गरेकी थिइन । शविरमा ५ सय ३५ जनाले आँखा परिक्षण गराएका थिए भने जसमा २ सय ८० जनामा मोतियाबिन्दु भेटिएकाे बिन्दवासिनी गाउँपालिका समाजिक शाखाका रमेन्द्रनाथ तिवारीले बताए ।
उनिहरुको यहि सोमबार, मंगलबार र बुधबार नि:शुल्क अप्रेशन हुने गाउँपालिकाकी उपप्रमुख गुप्ताले बताइन । शविरमा ८२ जनाकले मधुमेह परिक्षण र १ सय १५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
शिविरमा डा. अम्रेन्द्र ठाकुर, डा. शिवशंकर प्रसाद , नरेश चौहान, जयराम पंडित, पिंकी कुश्वाहा र जानकी चौधरीले स्थास्थ्य तथा आँखा परिक्षण गरेका थिए ।