Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

आशा किरण केन्द्र वीरगंजको वार्षिकोत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । आशा किरण केन्द्र बिरगंजको प्रथम वार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएकाे छ । केन्द्रका अध्यक्ष पृथ्वी राज भन्डारी (निजु)को सभापतित्वमा भएको कार्यक्रमकाे उदघाटन वीरगंज महानगरका मेयर बिजय कुमार सरावगीले पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रमकाे उदघाटन गर्दै प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले आशा किरण केन्द्रले सुस्त मनिस्थिती, मस्तिष्क पक्षघात जस्ता बालबालिकाहरुको क्षेत्रमा गर्दै आएको कार्य निकै उल्लेखनीय रहेको प्रशंसा गर्दै आगामी दिनमा महानगरपालिकाले समन्वय गरि पर्सा जिल्लामा रहेला यस्ता प्रकारका बालबालिकालाई सेवा एवं सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त्त गरे ।

केन्द्रका संस्थापक सुनिल गिप्ताले दुई दिन सम्म संचालित बालबालिकाहरुको स्वास्थ्य शिविरमा करिब १५० जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्दा झन्डै ५५ जना बालबालिका मस्तिष्क पक्षघातका रहेकोे र हामिले त्यस्ता बालबालिकाहरुलाई सब्बल बनाउनका लागि यो संस्था संचालन गरेको वताए ।

संस्थाका महासचिव ममता राजकर्णिकारले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रगति प्रतिबेदन, आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा केन्द्रका अध्यक्ष पृथ्वीराज भन्डारिले यो संस्थामा तपाईं हामी सबैको बालबालिकाको लागि नै सेवा प्रदान गरिने भएकोले यश संस्था प्रती सबैको सकारात्मक सोच र सहयोग रहेको साथै आउने दिनमा समेत उल्लेखनीय साथ र सहयोग प्राप्त हुने अपेक्षा राखे ।

सिद्धार्थ मावि वीरगंजमा भएकाे कार्यक्रममा वडाध्यक्ष भरत मुखिया, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक शाह, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मन पनेरु, बालगोपाल थापा, डा. प्रज्ञा कर्मचार्य, पन्कज श्रेष्ठ, अनिल गुप्ता, रोशन श्रेष्ठ, सतिश सिह राजपुत, अरबिन्द सिंह, रेडक्र्स पर्साका उपसभापति मधु राणा, नुतन सरावगी, श्याम सरार्फ लगायतको सहभागिता रहेको थियाे । कार्यक्रमकाे संचालन केन्द्रका सचीव एवं स्वयं सेवक राजन श्रीवास्तवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...