Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरीयाकाे प्रशासकिय अधिकृतमा माझीकाे सरुवा, आउने की नआउने अन्याेल

spot_img
spot_img

पर्सा । पर्साकाे पोखरीया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सहदेव राय माझीकाे सरुवा भएकाे छ । २ महिना देखी प्रमुख प्रशासकिय अधिकृत बिहिन रहेको पाेखरिया नगरपालिकाकाे प्रशासकिय अधिकृतमा माझीकाे सरुवा भए पनि उनी नआउने पक्षमा रहेकाे बुझिएकाे छ ।

धनकुटाकाे महालक्ष्मी नगरपालिकामा कार्यकरत माझीलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पुस ११ गते नै पोखरीया नगरपालिकामा सरुवा गरेकाे हाे । मन्त्रालयबाट सरुवाकाे पत्र समेत बनिसकेको भए पनि हाल सम्म माझी पत्र बुझेका छैनन् । माझीले पत्र नबुझे पछि उनलाई मन्त्रालयले ईमेल मार्फत सरुवाकाे पत्र पठाएकाे मन्त्रालय स्राेतले जनाएको छ ।

पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण राैनियार र उपप्रमुख सलमा खातुनकाे निरन्तरकाे पहल र प्रयासबाट माझीलाई मन्त्रालयले नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा पठाएकाे हाे ।

नगर प्रमुख रौनियार र उपप्रमुख खातुनका अनुसार माझीकाे सरुवाकाे चिट्ठी बने पनि उनी सम्पर्क बिहिन रहेकोले नगरपालिकाले प्रशासकिय अधिकृत पाउन अझै केही दिन समय लाग्न सक्छ । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा आर्थिक बर्ष २०७६।०७७ को विकास निर्माणकाे काम अगाडी बढन सकेकाे छैन ।

पाेखरिया नगरपालिकामा सरुवा भएकाे माझी संग सरुवा बारे बुझ्न फाेन सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

यता पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा कार्यरत सुनिल चाैरसियाकाे पर्सा कै पटेर्वा सुगाैली गाउँपालिकामा सरुवा भएकाे छ । यस्तै पर्सका कै विन्दवासिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा कार्यरत सुजित साहकाे सुचना, संचार तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा भएकाे छ । इलाका प्रशासन कार्यालय सुपाैलीमा कार्यरत विनय श्रीवास्तवकाे विन्दवासनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा मन्त्रालयले सरुवा गरेकाे छ ।

स्राेतका अनुसार पर्सा र बाराका स्थानिय तहमा काेई पनि प्रमुख प्रशासकिय अधिकृतहरु नआउने पक्षमा रहेका छन् । मन्त्रालयले सरुवा गरे पनि पर्सा र बाराकाे विभिन्न स्थानियह तहमा काम गर्न पक्षमा अधिकृत तथा उप सचिव स्तरका संघका कर्मचारीहरु नरहेकाे बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...