Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पोखरीयाकाे प्रशासकिय अधिकृतमा माझीकाे सरुवा, आउने की नआउने अन्याेल

spot_img
spot_img

पर्सा । पर्साकाे पोखरीया नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सहदेव राय माझीकाे सरुवा भएकाे छ । २ महिना देखी प्रमुख प्रशासकिय अधिकृत बिहिन रहेको पाेखरिया नगरपालिकाकाे प्रशासकिय अधिकृतमा माझीकाे सरुवा भए पनि उनी नआउने पक्षमा रहेकाे बुझिएकाे छ ।

धनकुटाकाे महालक्ष्मी नगरपालिकामा कार्यकरत माझीलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पुस ११ गते नै पोखरीया नगरपालिकामा सरुवा गरेकाे हाे । मन्त्रालयबाट सरुवाकाे पत्र समेत बनिसकेको भए पनि हाल सम्म माझी पत्र बुझेका छैनन् । माझीले पत्र नबुझे पछि उनलाई मन्त्रालयले ईमेल मार्फत सरुवाकाे पत्र पठाएकाे मन्त्रालय स्राेतले जनाएको छ ।

पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण राैनियार र उपप्रमुख सलमा खातुनकाे निरन्तरकाे पहल र प्रयासबाट माझीलाई मन्त्रालयले नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा पठाएकाे हाे ।

नगर प्रमुख रौनियार र उपप्रमुख खातुनका अनुसार माझीकाे सरुवाकाे चिट्ठी बने पनि उनी सम्पर्क बिहिन रहेकोले नगरपालिकाले प्रशासकिय अधिकृत पाउन अझै केही दिन समय लाग्न सक्छ । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा आर्थिक बर्ष २०७६।०७७ को विकास निर्माणकाे काम अगाडी बढन सकेकाे छैन ।

पाेखरिया नगरपालिकामा सरुवा भएकाे माझी संग सरुवा बारे बुझ्न फाेन सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

यता पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा कार्यरत सुनिल चाैरसियाकाे पर्सा कै पटेर्वा सुगाैली गाउँपालिकामा सरुवा भएकाे छ । यस्तै पर्सका कै विन्दवासिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा कार्यरत सुजित साहकाे सुचना, संचार तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा भएकाे छ । इलाका प्रशासन कार्यालय सुपाैलीमा कार्यरत विनय श्रीवास्तवकाे विन्दवासनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा मन्त्रालयले सरुवा गरेकाे छ ।

स्राेतका अनुसार पर्सा र बाराका स्थानिय तहमा काेई पनि प्रमुख प्रशासकिय अधिकृतहरु नआउने पक्षमा रहेका छन् । मन्त्रालयले सरुवा गरे पनि पर्सा र बाराकाे विभिन्न स्थानियह तहमा काम गर्न पक्षमा अधिकृत तथा उप सचिव स्तरका संघका कर्मचारीहरु नरहेकाे बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...