Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

समाजबादी बिधार्थीले एमडि बसरुदिन अन्सारीको तस्बिर जलायो

spot_img
spot_img

बिरगंज । नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालकका सञ्चालक बसरुदिन अन्सारी बिरुद्ध समाजबादी पार्टी निकट समाजबादी बिधार्थी युनियनले आज घण्टाघरमा बिरोध प्रदर्शन गरेको छ ।

कलेजका बिधार्थीहरुकाे शान्तिपूर्ण आन्दोलन पश्चात होस्टेलमा जान खोज्दा भएको कुटपिटको बिरोधमा कलेजका सञ्चालक अन्सारी बिरुद्ध युनियनले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा उनीहरुले नेशनल मेडिकल कलेज अस्पतालकका सञ्चालक बस्रुदिन अन्सारीको तस्बिर समेत जलाएका छन् ।

युनियनका केन्द्रिय सचिव सुजित गिरीको नेतृत्वमा गएका बिधार्थी नेताहरुले मेडिकल बिधार्थीहरुलाई भएको कुटपिटको बिरोधमा कलेजका सञ्चालक अन्सारी बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन । बिरोध प्रदर्शनमा ठाकुरराम बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष हरेन्द्र साह, सचिव बिकाश मेहता लगायतका बिधार्थी नेताहरुको सहभागिता रहेको थियो ।

हिजो साँझ सरकारले तोकेको भन्दा लिएको बढी शुल्क नेशनल मेडिकल कलेजले फिर्ता गर्नुपर्ने माँग गर्दै कलेज गेट अगाडि धर्नामा बसेका मेडिकल बिधार्थीहरु होस्टेलमा जान खोज्दा उनीहरु माथि कुटपिट भएको थियो । कुटपिटमा कलेजका सञ्चालक अन्सारीले बाहिरबाट मान्छे बोलाएर बिधार्थीहरुलाई कुटपिट गर्न लगाएको आरोप लगाउदै नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए ।

यसैबिच युनियनले आज शनिबार बिदा भएको भन्दै भोलि जिल्ला प्रशासन कार्यालयमा मेडिकल शिक्षाको बिषयमा यस अघि दिईएको ज्ञापन पत्रको बारेमा जानकारी लिने तथा त्यसपछि अगामी दिनको आन्दोलनका कार्यक्रमहरु तय गरिने ससमाजबादी बिधार्थी युनियनका केन्द्रिय सदस्य निखिल बर्णवालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...