Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

सोनार समाजले गढीमाई मेलाका श्रद्धालुहरुको लागि निशुल्क भोजन र बाँस दिने

spot_img
spot_img

वीरगन्ज । नेपाल सोनार समाज सेवा समिति केन्द्रिय कार्यालय ललितपुर र नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ ले पञ्चवर्षीय गढीमाई मेलामा निशुल्क भोजन भण्डारा र बाँसको व्यवस्थापन गरेको जनाएको छ । बाराका सोनार समाज र सुनचाँदी व्यवसायको व्यवस्थापनमा यही मंसिर १५ र १६ गते निशुल्क भोजन तथा बाँसको व्यवस्थापन गर्न लागिएको हो ।

समाजले आयोजना गरेको धार्मिक कार्यमा सहयोग गर्न आग्रह समेत गरिएको छ । हरेक पाँचबर्षमा एक महिनासम्म लाग्ने गढीमाई मेलामा भक्तजहरुको सेवालाई मध्यनजर गर्दै निशुल्क भोजन भण्डारा र बाँसको व्यवस्थापन मिलाईएको समाजका राष्ट्रिय उपाध्यक्ष शिव कुमार सर्राफले बताए ।

मेलामा दर्शन तथा भाकल गर्न आउँने स्वजातिय सहित अन्य समुदायका व्यक्तिहरुलाई समेत निशुल्क रुपमा संस्थाले उपलब्ध गराउँने सम्पूर्ण सेवाहरु प्रदान गरिने छ । गढीमाई मेलालाई दक्षिण एसियाकै एक ठुलो मेलाको रुपमा लिने गरीन्छ ।

मेलामा करोडौं दर्शनार्थीहरु देश तथा विदेशबाट पूजा तथा भाकल गर्न आउने गर्दछन् । सुनचाँदी व्यवसायीहरुले आफ्नो सामाजिक कार्यलाई समेत अघि बढाउनुपर्छ भन्ने उद्देश्यले निशुल्क भोजन तथा बसोवासको व्यवस्था गरिएको उपाध्यक्ष सर्राफले बताए । उनले भने यसलाई सफल बनाउँन स्वजातियले सक्दो सहयोग गर्नुपर्छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...