Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि एमडि अंसारीले भारतीय लगाएर आक्रमण गराए

spot_img
spot_img

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थी माथि निर्घात कुटपिट गरिएको छ । शुक्रबार साझ अस्पतालको गेट नम्बर २ मा धर्नारत विद्यार्थीहरु माथि व्यवस्थापन पक्षकाले युवा लगाएर निर्घात कुटपिट गरेको हो ।

उनीहरुको कुटाईबाट एमबिबिएस अठारौं व्याचमा अध्ययनरत तन्जीला मगराती बेहोस् भएकी छिन । उनलाई विद्यार्थीले प्राथमिक उपचार गरेपछि आधाघण्टा पछि होस् आएको एकजना विद्यार्थीले नाम नछाप्ने सर्तमा बताए ।

कलेजका एम.डि बसरुदिन अंसारीले भारतीय विद्यार्थीहरुलाई उचालेर निर्घात कुटपिट गर्न लगाएको उनीहरुको आरोप छ । कलेजका आफूलाई सिनियर भनाउँने उनका आसेपासे पर्ने समिर राज, रमिज अख्तर, तबरेज अंसारी, ईस्तियाक अंसारी र तारिख अंसारीको समूहको युवाहरुले कुटपिट गरेको हो ।

प्रहरीले बाहिर निस्कन नदिएपछि गेटमै शान्तिपूर्ण रुपमा आफनो माँग अगाडी राखेर धर्नामा बसेका थियौ, एकजना महिला विद्यार्थीले भने, त्यतिकैमा एम.डि. अंसारीले पठाएका युवाहरुले हामी माथि आक्रमण गरेका थिए । प्रहरी अगाडी कुटपिट गरिदा पनि प्रहरी मुकदर्शक बनेको उनीहरुको आरोप छ ।

आन्दोलनरत छात्राहरु माथि अशब्द प्रयोग गर्दै अभद्र व्यवहार समेत उनीहरुले गरेका छन । अहिले पनि उनीहरुले धम्काउँदै तिमिहरु कोठामा हिन के के हुन्छ देखाई दिन्छु भन्दै धम्की समेत दिएका छन । बिहिबार राती पनि कलेजका व्यवस्थापन पक्षले विद्यार्थीमाथि कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको थियो ।

पूर्वनिर्धारित विरोधको कार्यक्रम सकाएर होस्टेल तर्फ जादै गर्दा एम.डि. अंसारीले केहि युवा लगाएर कुटपिट गराएका थिए । युवाहरुले विद्यार्थीलाई धम्काउँदै दिउँदो जलाई ज्यान मारिदिने धम्की समेत दिएका थिए । आफुलाइ सिनियर बिद्यार्थी भन्ने एम. डि. असारीका आफन्तहरुले होस्टेलमा प्रबेश गर्ने २ नम्बर गेट नै बन्द गरि प्रबेश गर्न दिएका थिएनन् ।

राती १० बजे सम्म आन्दोलनरत बिद्यार्थी लाई गेट बाहिर नै राखियो । बिद्यार्थीलाई जिउँदो जलाइ दिने, काटी दिने लगायत धाक धम्की समेत दिएका थिए ।

एम डि अंसारी स्वम आन्दोलनरत बिद्यार्थीलाई होस्टेल पछाडीको गेटबाट मात्र प्रवेश गराउछु भने पछी उनिहरुको जिउँ जानको कस्ले सुरक्षा लिन्छ भन्दै प्रबेश गर्न मानेका थिएन अन्तमा प्रहरीले नै सम्पुर्ण बिद्यार्थीको सुरक्षाको ग्यारेन्टी लिएपछी सुरक्षाको साथ होस्टेलमा पुर्याइएको थियो । उनीहरुलाइ रातीको खाना समेत दिएका थिएन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...