Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

समाजवादीकाे सखुवा प्रसाैनीमा घरदैलाे सम्पन्न

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टीक पर्साले ७ दिने उपनिर्वाचन प्रचार प्रसार कार्यक्रम सार्वजनीक गर्दै आज सखुवा पसौनी गाउँ पालिका वडा नं. ५ मा वृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । पार्टीकाे तर्फबाट वडाध्यक्षका उम्मेदवार भएका रुपलाल यादवलाई जिताउन नेताहरु घरदैलाे गर्दै मतदाता संग मत मांगेका हुन् ।

नेताहरुले जनताको घर आगंनमा पुगी मतदाताहरुलाई आफ्नो चुनावी घोषण पत्र, पार्टिले दिएको निति तथा कार्यक्रमको बारेमा जानकारी गराउदै आफ्नो पार्टिको उम्मेदवारलाई बिजयी बनाउन अनुरोध समेत गरेकाे समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले वताए ।  घरदैलाे कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताहरुले निवर्तमान वडाध्यक्ष स्व. वृजलाल यादवको छोरा रुपलाल यादवको समर्थनमा मत खसाएर बिजयी बनाउन अनुरोध समेत गरे ।

पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सांसद प्रहलाद गिरीकाे विशेष उपस्थितीमा भएकाे घरदैलो कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष राम नरेश यादव, सचिव तबरेज अहमद गाउँपालिका प्रमुख प्रदिप जयशवाल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...