Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेशनल मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलित

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि पुनः आन्दोलन शुरू गरेका छन् ।

कलेजअगाडि विद्यार्थीहरूले ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘मेडिकल माफिया मुर्दाबाद’, ‘विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन’, ‘कलेज प्रशासनको विद्यार्थीसँगको सम्बन्ध सुमधुर हुनुपर्छ’ नारासहित प्लेकार्ड बोकी धर्नामा बसेका थिए ।

साँझ ५ बजे धर्ना सकिएपछि कलेजको व्यवस्थापन पक्षले कलेजको ढोका बन्द गरेको थियो । आन्दोलनरत विद्यार्थीहरू रातिसम्म कलेजबाहिर बसिरहेका जानकारी प्राप्त भएको छ ।

  नेपालभरिका मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन गर्दा सरकारले १५ दिनको अन्तिम म्याद तोकी रकम फिर्ता गर्न निर्देशन दिएकोमा सो म्याद सकिन चार दिन बाँकी छँदा विद्यार्थीहरूले दबाबस्वरूप आजदेखि धर्ना दिन शुरू गरेको बताएका थिए । सरकार र कलेज व्यवस्थापनबीच बढी रकम फिर्ता दिने सहमति भएको तर रकम फिर्ता नगरेका नेशनल मेडिकल कलेजलगायत अन्य कलेजहरूमा आन्दोलन जारी छ ।

यसअघि विद्यार्थीहरूले गत कात्तिक ८ गतेदेखि एक सातासम्म आन्दोलन चर्काएका थिए । सोक्रममा कलेजको व्यवस्थापन पक्षले विद्यार्थीहरूमाथि मानसिक यातनासहित भौतिक कारबाई गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...