Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

मंत्रिपरिषद फेरबदल हुनै लाग्दा अचानक किन दिल्ली पुगे उपेन्द्र यादव ?

spot_img
spot_img

वीरगंज । नेपालमा मंत्रिपरिषद फेरबदल हुने चर्चा चलि रहंदा उपप्रधानमंत्री तथा स्वास्थ्य मंत्री अचानक किन दिल्ली गए ? यो अहिले कौतुहलताको विषय हो । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत गएका बताए । यद्यपि उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भए पनि यादव एक सातासम्म भारतमै रहने भएकाले उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको हो । यादव यतिबेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् ।

पार्टीको हालै सम्पन्न संघीय परिषद र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरुलाई नै दिएको छ । पदाधिकारी बैठकनै नबसाई यादव दिल्ली पुगेका हुन् । उपेन्द्र यादव दिल्लीमा राजनीतिक भेटघाटको प्रयासमा रहेको बुझिएको छ। उनले व्यक्तिगत संपर्कको आधारमा दिल्लीमा सत्तारूढ़ भाजपा नेताहरू संग भेटघाटको प्रयास गरि रहेको स्रोतले जनाएको छ। तर सत्तारूढ़ भाजपाका नेताहरू उपेन्द्र यादव सहित समाजवादी पार्टीका अर्का अध्यक्ष डा बाबूराम भट्टराई प्रति अझै सशंकित भएका छन् ।

भारतको जम्मू कश्मीरमा हटाईएको धारा ३७० प्रति नेपालमा सबैभन्दा पहिले विरोध गर्नेमा समाजवादी पार्टीनै थियो । समाजवादीका अध्यक्ष भट्टराईले ट्वीट गरेर १७ पटक आफ्नो विरोध जनाएका थिए भने अहिले भारतले जारी गरेको नक्शामा समाजवादी पार्टीका विद्यार्थी संगठनले सबैभन्दा पहिले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको पुतला जलाएका थिए ।

समाजवादी पार्टीको पछिल्लो गतिविधि बारे अवगत रहेका भाजपाका शीर्ष नेतृत्वले उपेन्द्र माथि पटक्कै विश्वास गरेका छैनन् । यी नै क्रियाकलाप बारे सफाई दिन र आफू भारत विरोधी नभएको विश्वास दिलाउन भारत भ्रमणमा गएका हुन । पछिल्लो पटक समाजवादी पार्टी भारत भन्दा पनि चीन तिर ढल्केको जानकारहरू बताउंदै आएका छन् । चिनियां दूतावासको दबाबमा आफ्ना सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गर्नु र पाकिस्तानी दूतावासद्वारा आयोजित भारत विरोधी कार्यक्रममा आफ्ना केन्द्रीय सदस्य रेखा यादवलाई पठाएर समर्थन गरेको समाचार बाहिरिए पछि भारतीय संस्थापन पक्ष उपेन्द्र संग निकै चिढिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...