Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महुवन उपनिर्वाचनको रौनक सांसदको चुनाव भन्दा कम छैन्

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनको चहलपहल सांसदको चुनाव जस्तो देखिएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनको चहलपहल उम्मेदवारी दर्ता भएको दिन देखी बढन थालेको छ ।

निर्वाचनका मुख्य प्रतिस्पर्धी नेकपा, कांग्रेस र समाजवादीले आ आफ्नो दलको शक्त्ति प्रदर्शन गर्दै मनोनयन दर्ता गरएको थियो । नेकपा र समाजवादीको मनोनयन दर्तामा केन्द्रिय नेता देखी पूर्व सांसद, मन्त्री देखी सांसद सम्मको सभागिता थियो भने कांग्रेसको मनोनयन दर्तामा जिल्ला स्तरका नेता मात्र सहभागि थिए ।

मनोनयन दर्ता भएको भोली पल्ट देखी नै तिनै दलले चुनावी सभा र घरदैलो थालेका छन् । नेपाली कांग्रेसले महुवनमा पार्टीको वडा कार्यालय समेत स्थापन गरी संचालनमा ल्याएको छ । तिनै दलले सयौंको सहभागितामा घरदैलो थालेकाले सांसदको चुनाव जस्तो देखिएको हो । स्थानियका अनुसार यस भन्दा पहिला भएको स्थानिय तहको निर्वाचनमा यतीको चहलपहल देखिएको थिएन ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको घरदैलोमा यस्तै सहभागिता देखिए पनि वडाध्यक्षका उम्मेदवारहरुले गर्ने घरदैलोको सहभागिता भन्दा धेरै गुणा बढीको सहभागितामा अहिले गर्न थालिएको हो । यो पालिकाको चुनावमा वाहिरी सहभागितामा पनि देखिएको स्थानियहरुले जनाएका छन् ।

यसै बिच नेकपाका उम्मेदवार उदयशंकर रौनियारले आज महुवनमा घरदैलो गरेका छन् । सयौंको सहभागितामा वडाध्यक्षका उम्मेदवार रौनियारले घरदैलो गर्दै सुर्य चुनाव चिन्हमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेको नेकपाका स्थानिय नेता नरेश जयसवालले वताए । जयसवालका अनुसार नेकपाको घरदैलोमा स्थानिय नेता शम्भु साह तेली, कनाही तेली, कृष्णा पटेल, श्रवण कानु, सुरेन्द्र पासवान, गौरी यादव, शसी गिरी, अशोक राम, नन्दु पटेल, जयराम गिरी, शम्भु रौनियार, पुरन राम, जयकिशोर रौनियार लगायत सय भन्दा बढीको सहभागिता रहेको थियो ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार अशेसर प्रसाद यादवले पनि महुवनमा घरदैलो गरेका छन् । वडाध्यक्षका उम्मेदवार यादवले महुवनमा घरदैलो गर्दै मतदाताहरु संग नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेको स्थानिय युवराज यादवले वताए । उनका अनुसार नेपाली कांग्रेसकाे घरदैलाेमा निर गिरी, जटाशंकर यादव, सिताराम यादव, पप्पु यादव लगायत सय भन्दा बढीकाे सहभागिता रहेकाे थियाे ।

यस्तै समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादवले आइतबार बलुवा र सोलखपुरमा सयौंको सहभागितामा घरदैलो गरेका थिए । वडाध्यक्षका उम्मेदवार यादवले घरदैलाे गर्दै पार्टीकाे चुनाव चिन्ह पंजामा मतदान गर्न मतादाताहरु संग आग्रह गरेका थिए । जुन घरदैलाे कार्यक्रममा गाउँपालिका अध्यक्ष समेत रहेका समाजवादीका जिल्ला सदस्य प्रदिप जयसवाल लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

दिनहु जसो हुने विभिन्न दलको घरदैलो, चुनावी सभा र भोजभत्तेरले मंसिर १४ गते हुने उप निर्वाचनको चहलपहल सांसदको चुनाव जस्तो नै देखिएको स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...